हिमाली क्षेत्रमा हिमपात सहितका सामान्य बर्षा, कृषक उत्साहित

सोलुखुम्बु : लामो समयको खडेरीपछि हिउँदमा परेको सामान्य बर्षातले सोलुखुम्बुका किसान खुसी भएका छन् । बालीनाली सुक्नै लागेको बेला शुक्रबार परेको पानीले किसान खुसी भएका हुन् ।

समयमा पानी नपर्दा जिल्लाको माथिल्लो क्षेत्रका कृषकहरुले लगाएका गहुँ, जौँ लगायतका बाली सक्न थालिसकेका छन् भने जमिन समेत सुख्खा बनेको कृषकले बताएका छन् ।

पानी नपर्दा बारीमा लगाएको बाली उम्रन नपाउदै सुक्ने डरले चिन्तित किसानहरु पानीले उत्साह थपेको बेनीकी जाङमु शेर्पाको भनाई छ । अघिल्लो बर्ष मंसिरको अन्तिम तिर बर्षात तथा हिमपात भएको थियो भने यस बर्ष ढिलागरि बर्षा भएको सल्लेरीका नरबहादुर थापाले बताउँनुभयो ।

लामो समय हिमपात र बर्षात नहुँदा चिन्तित बनेका कृषकहरुमा सामन्य बर्षाले थप उत्साह थपेपनि पर्यप्त पानी पर्न भने नसकेको उनीहरुको भनाई छ । पानी नपर्दा बालीनाली सुक्न थालेकाले आगामी बर्ष खाद्य संकटको समेत सामना गर्नु पर्ने कृषकहरु बताउँछन् ।

प्रकाशित मिति २३ माघ २०७७, शुक्रबार २०:२१