ह्योल्मो भाषामा निर्मित चलचित्र ‘मेतोक’को  ट्रेलर सार्वजनिक(भिडियो सहित)

ह्योल्मो भाषामा निर्मित चलचित्र ‘मेतोक’को ट्रेलर सार्वजनिक गरिएको छ । ‘सिनेजोन नेपाल’ नामक युट्युब च्यानल मार्फत ट्रेलर सार्वजनिक गरिएको हो । अल्पसन्ख्या समुदाय रहेको ह्योल्मो जातिको भाषा र कथामा बनाइएको छ ।

ठिलेन इन्टरटेनमेन्टको प्रस्तुती तथा ठिलेन लामाको निर्देशनमा निर्माण हुँदै गरेको ‘मेतोक’ चलचित्रको सम्पूर्ण छायांकन सकिएसंगै अहिले धमाधम सम्पादनको काम हुदै गरेको जानकारी निर्देशक लामाले जानकारी दिनुभयो ।

“ह्योल्मो समुदाय सानो छ, त्यसमा पनि ह्योल्मो भाषा बोल्ने र बुज्नेको संख्या त झन् नै सानो छ, त्यसैले पनि हाम्रो भाषा र संस्कृति आउने पुस्तासम्म रहनु पर्छ र लोप हुनु हुदैन । हामीले बनाउन लागेको चलचित्रले केहि हदसम्म भए पनि हाम्रो भाषा र सांस्कृतिको जगेर्ना हुने हामीलाई लागेको छ र हामीले निर्माण गरेको यो चलचित्रलाई ह्योल्मो समुदायले मात्र नभएर सम्पूर्ण नेपालीहरुले नै माया गर्नु हुनेछ भन्ने लाग्छ, किनभने सम्पूर्ण भाषा हाम्रा देशका सम्पति हुन् र यिनको जगेर्ना गर्नु हामी सम्पूर्ण नेपालीहरुको कर्तव्य हो ।

निर्देशक लामाको कथा र आगत के.सीको पठकथा तथा सम्बाद रहेको चलचित्रको ट्रेलर हेर्दा चलचित्र ह्योल्मो संस्कृतिमा आधारित एक प्रेम कथामा बनेको अनुमान गर्न सकिन्छ । ठिलेन लामा,निमा डोल्मा लामा ,दावा दोर्जे लामा, डोमा ह्योल्मो ,छेम्बेल ह्योल्मो ,भिम ज्याबा ,कान्छीमाया ह्योल्मो ,पेमा ह्योल्मो लगायत कलाकारको अभिनय रहेको चलचित्रको ह्योल्मो भाषा अनुवाद डल्ले ह्योल्मोले गरेका हुन् ।

श्रोत: सिनेमा न्युज

प्रकाशित मिति ३१ श्रावण २०७६, शुक्रबार १८:२१