२०१५ साल देखी दिङबुचे, फेरुचे र नाम्चेको बाटो निमार्ण गर्दै आएको पासाङ शेर्पा (भिडियो सहित)

पर्यटकलाई यात्रा गर्न सजिलो होस भनी सोलुखुम्बु काकुका पासाङ शेर्पाले विगत २०१५ साल देखि नै नाम्चे, फेरुचे, दिङबुचेको बाटो निमार्ण गर्दै आएको छ । आन्तरिक एव बाह्रय पर्यटकको सहयोगमा बाटो निमार्ण गर्दै आएको छ ।
पर्यटकहरु खुम्बु भेगमा धेरै आउने भएकोले गर्दा हिड्न सजिलो होस भनी उनले बाटो निमार्ण गरेका हुन । सेवा नै धर्म हो भन्ने भावना भएका पासाङ शेर्पा उमेर ८० बर्ष पुग्न लागेको छ । तर पनि बाटो निमार्णका सहयोग रकम संकलन गरि बाटो निमार्ण गरि रहेका छन ।

प्रकाशित मिति ४ पुष २०७४, मंगलवार ००:११