१०, २०७५
भर्खरै विवाह गरेकी छु । त्यसैले ०७५ सालमा फेमिली प्लानिङतिर लाग्छु ।
अशिष्मा नकर्मी, अभिनेत्री
देश विकास गर्ने आँट बोकेर बसेकी छु ।
कोमल वली, नेतृ
आजभन्दा अघि मैले जति पनि चलचित्र बनाएँ, तिनले दर्शकलाई मनोरञ्जन मात्र दिए तर ०७५ मा चलचित्र ‘क्याप्टेन’ बनाउँदैछु । मेरो यो चलचित्र राष्ट्रियताले ओतप्रोत हुनेछ ।
भुवन केसी, अभिनेता
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय कार्यालय भवन निर्माण प्रारम्भ गर्ने योजना छ भने नारीवादी तथा देउडा गीतहरू बजारमा ल्याउने अनि गीत–संगीतको माध्यमबाट राजनीतिक दल तथा नेताहरूलाई खबरदारी गर्ने ।
बद्री पंगेनी, गायक
टेलिभिजन शोलाई निरन्तरता दिन्छु भने ०७५ सालमा चलचित्रमा डेब्यु गर्ने लक्ष्य लिएकी छु ।
पूजन थापा, कार्यक्रम प्रस्तोता
मैले ट्रेडिङ, म्यानुफ्याक्चरिङ र टुरिज्ममा हात हाल्ने सोच बनाएकी छु । त्यसमध्ये २ वटा बिजनेसचाहिँ ०७५ मै सुरु गर्ने लक्ष्य छ ।
भवानी राणा, अध्यक्ष,
उद्योग वाणिज्य महासंघ
मैले अहिलेसम्म निर्माता तथा निर्देशकको सोचमा अभिनय गरिरहेकी थिएँ । अब ०७५ मा चाहिँ आफ्नै सोचमा एउटा चलचित्रमा अभिनय गर्ने लक्ष्य लिएकी छु ।
सौगात मल्ल, नायक
०७५ मा स्नातक तह पूरा गर्दैछु भने चलचित्र ‘हिरो नम्बर वान’ मा अभिनय गर्नेछु ।
जान्हवी बोहरा, अभिनेत्री
०७५ सालमा एउटा चलचित्रको स्क्रिप लेख्ने आँट कसेको छु । त्यस्तै नेपालका केही महत्वपूर्ण ठाउँ घुम्ने योजना छ ।
शिवहरि पौडेल, हास्यकलाकार
‘आधार भाग–२’ एल्बम तयार पार्ने सोच बनाएकी छु ।
आस्था राउत, गायिका
चलचित्रमा व्यस्त भएकाले देश–विदेशका थुपै्र सांगीतिक कार्यक्रममा भाग लिन पाइनँ, त्यसैले २०७५ सालमा देश–विदेशकै कार्यक्रममा केन्द्रित हुनेछु ।
स्वरूपराज आचार्य, गायक
२०७५ सालमा नेपालका ७७ वटै जिल्ला पुग्ने योजना छ ।
प्रदीप पौडेल, कांग्रेस नेता
यो वर्ष गीत–संगीतका अतिरिक्त कुनै सामाजिक विषयमा आधारित लघु चलचित्र बनाउने आँट कसेको छु ।
प्रकाश सपूत, गायक
एउटा हिन्दी गीत रिलिज गर्ने तयारी गर्दैछु । त्यस्तै यही वैशाखमा पोखरामा देविका वन्दना एकल साँझ हुँदैछ । त्यसको पनि तयारी गर्दैछु ।
देविका बन्दना, गायिका
साउथ अफ्रिका घुम्ने साह्रै रहर छ तर कार्यव्यस्तताले गर्दा भ्याएकी छैन । त्यसले २०७५ सालमा साउथ अफ्रिका पुग्ने सोच बनाएकी छु ।
ऋचा शर्मा, अभिनेत्री
पहिलो कुरा त आफ्नो रिस कन्ट्रोल गर्छु । २०७५ सालमा सामाजिक विषयवस्तुमा आधारित एउटा राम्रो चलचित्र बनाउने लक्ष्य लिएकी छु ।
शिल्पा पोखरेल, अभिनेत्री
२०७४ सालमा मैले ऐश्वर्य चलचित्र निर्माण गरें । त्यसबाट मैले जति अपेक्षा गरेको थिएँ त्यति सन्तुष्ट भइनँ । त्यसैले हिजोबाट सिक्दै २०७५ सालमा ऐश्वर्यभन्दा पनि उत्कृष्ट चलचित्र बनाउने लक्ष्य लिएको छु, जुन चलचित्र हेरेर दर्शकहरूले यस्तो पनि नेपाली चलचित्र बन्दो रहेछ भनेर प्रशंसा गरून् ।
रमेश उप्रेती, अभिनेता
वि.सं. २०७५ मेरा लागि मिसन साइपालको वर्ष हुनेछ । यो वर्ष संसारका प्रख्यात आरोहीहरू बझाङ आउनेछन् र पाँच जना बझाङी चेलीसँगै साइपाल हिमाल चढ्नेछन् । बझाङका पाँच जना चेलीले संसारलाई यो प्रमाणित गर्नेछन् कि हिमालमा साक्षात् देवी समेत पुग्न सक्छन् । उनीहरूलाई अमुक जात वा छुवाछूतले कुनै छेकबार लगाउनेछैन ।
भोजराज भाट, सञ्चारकर्मी
एउटा नयाँ उपन्यास लेख्ने आँट कसेको छु र यही वर्ष जर्मनीको पनि भ्रमण गर्नेछु ।
बुद्धिसागर, साहित्यकार
अर्को एउटा घर किन्ने आँट कस्दैछु ।
आनन्द कार्की, गायक
यो वर्ष मेरो पहिलो प्राथमिकता भनेको नयाँ–नयाँ गीत सार्वजनिक गर्ने नै हो । अर्को कुरा २०७५ सालको आधा वर्षजति नेपाल आइडलमै व्यस्त हुनेछु । त्यसपछिको समय चाहिँ देश–विदेशका विभिन्न ठाउँको भ्रमण गर्ने योजना बनाएकी छु ।
इन्दिरा जोशी, गायिका
२०७४ सालमा म धेरै कार्यक्रममा पुगें जसले गर्दा बिरामी नै भएँ । अब २०७५ मा स्वास्थ्यको ख्याल गर्छु । अर्को कुरा यो वर्ष नेपाली विषयमा स्नातकोत्तर गर्नेछु ।
पशुपति शर्मा, गायक
२०७५ मा एउटा पुस्तक लेख्ने आँट कसेको छु । महत्वाकांक्षी जीवनबाट सामान्य र शान्त जीवन जिउने प्रयास गर्नेछु ।
source saptahik
प्रकाशित मिति १५ बैशाख २०७५, शनिबार १५:०७