दावा गेल्जे शेर्पाको उम्मेद्वारी एनआरएन युरोप संयोजकमा

असोज २ । गैर आवासीय नेपाली संघ एनआरएन अभियानको शुरुवातदेखि नै सहभागी भएका बेलायतका लोकप्रिय अभियन्ता दावा गेल्जे शेर्पाले एनआरएनको युरोप संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।

आफ्नो महत्वपुर्ण कामहरुलाई थाँति राख्दै आफ्नो परिवारलाई भन्दा पनि बढी समय एनआएनएलाई दिएका व्यक्ति शेर्पाले युरोप संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । ‘एनआरएनलाई सवै बिदेशमा रहेका नेपालीजनको साझा फोरम बनाउन जस्तोसुकै त्याग वा बलिदान गर्न तयार भएर युरोप संयोजकको उम्मेदवार बनेको बताउने शेर्पाले सवैको सहयोगको अपेक्षा गरेका छन् । उम्मेदवारी घोषणा लगत्तै शेर्पाले एनआरएन प्रवेशदेखि नै यो संस्थाप्रति धेरै ठुलो योगदान रहेको सम्पूर्णलाई स्पष्ट पार्दै भने आफु जर्मनीकोे राष्ट्रिय संमन्वय समिति सदस्य हुदैं यो संस्थामा निस्वार्थ भावनाबाट लागेको बताए ।

एनआरएनको हरेक अभियनमा मेरो सक्रियतालाई सबैले महसुस गर्नु भएकै छ उनले भने । शेर्पाले युरोपमा राष्ट्रिय समिति गठन भएका २७ मध्ये अधिकांश देशहरूमा स्वयं सहभागी भई एनआरएन अभियानलाई सबल र सुदृढ बनाउन उल्लेखनीय भुमिका खलेका छन् । एनआरएन संघका विभिन्न इकाईहरूमा प्रभावकारी पुल र समन्वयकर्ताको रूपमा अग्रसर रहँदै आएका छन् । वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित बनाउन गैरआवासीय नेपाली संघले लिएको नीति अन्तर्गत कल्याणकारी कोषलाई मजबुत बनाउने अभियनलाई लक्ष्यमा पुर्याउने घोषणा समेत शेर्पाले गरेका छन् । एनआरएन भित्रका हरेक प्रकारका विभेदलाई अन्त्य गर्दै समानता र अपनत्वका लागि साझा एनआरएन मैत्री बातावरण बनाउन सहयोग गर्ने छु, शेर्पाले भने युरोपमा नेपालीहरुको पहिचानलाई एकिकृत बनाउने, युरोपमा बसोबास गर्ने नेपाली बीच संयुक्त लगानीको थालनीको निरन्तरता दिने मेरो कार्य योजना छ ।

 

यस्तो छ शेर्पाको अपिल

गैर आवासीय नेपाली संघ एनआरएनको अभियानको शुरुवातदेखि नै म दावा गेल्जे शेर्पा एनआरएन अभियानमा लागेको छु । आफ्नो महत्वपुर्ण कामहरुलाई थाति राख्दै आफ्नो परिवारलाई भन्दा पनि बढी यो संस्थालाई समय दिएको छु । जसको कारणले नै आज एनआरएन अभियानको पिलर तथा खम्वाको रुपमा रहदै आएको छु । मेरो एनआरएन प्रवेसदेखि नै यो संस्थाप्रति धेरै नै ठुलो योगदान रहेको तपाईहरु सम्पुर्णलाई थाहा नै रहेको छ । म जर्मनीकोे राष्ट्रिय संमन्वय समिति सदस्य हुदैं यो सस्थामा निस्वार्थ भावनाबाट लागेको पनि तपाईलाई थाहा नै छ । एनआरएनको हरेक अभियनमा मेरो सक्रियतालाई सबैले महसुस गर्नु भएकै छ । म जर्मनी निवासी भए पनि आफ्नो जन्म भुमिसंग धेरै नै नजिक रहेको छु । म जर्मनी एनआरएनको सल्लाहकार, एनसीसी सदस्य, आईसीसी सदस्य, र युरोप सह–संयोजकको भुमिकामा रही कार्य गर्ने अवसर पनि पाएको छु, यो अवसरलाई सम्पन्न गर्नेको लागि मैले निम्न कार्यहरु गरेको छु । युरोपमा राष्ट्रिय समिति गठन भएका २७ मध्ये अधिकांश देशहरूमा म स्वयं सहभागी भई एनआरएन अभियानलाई सबल र सुदृढ बनाउन समाहित भएको छु ।एनआरएनका विभिन्न इकाईहरूमा प्रभावकारी पुल र समन्वयकर्ताको रूपमा अग्रसर रहँदै आएको छु । युरोपमा राष्ट्रिय समन्वय समितिहरुसग सहकार्य गदैं समन्वयकारी भुमिका निर्वाह गदै काम गदैं आएको छु । नेपाली कला सस्कृतिलाई बिश्व सम्म पुर्याउनको लागि लागि पर्ने छु ।

वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादीत बनाउन गैरआवासीय नेपाली संघले लिएको निती अन्तर्गत कल्याणकारी कोषलाई मजबुत बनाउने अभियनलाई लक्ष्यमा पुर्याउन लागि पर्ने छु । एनआरएन भित्रका हरेक प्रकारका विभेदलाई अन्त्य गर्दै समानता र अपनत्वका लागि साझाँ एनआरएन मैत्री बातावरण बनाउन सहयोग गर्ने छु । युरोपमा नेपालीहरुको पहिचानलाई एकिकृत बनाउने । युरोपमा बसोबास गर्ने नेपाली बीच संयुक्त लगानीको थालनीको निरन्तरता दिने । गैर–आवासिय नेपाली संघमा मेरो गहन अनुभवका कारण मैले यस अभियानको चुनौति र अवसरहरुलाई निकटबाट बुझेको छु । ती चुनौती र अवसरहरुको ब्यवस्थापनमा सक्रिय रहने र आगामी कार्यकालको कार्य–समितिलाई संघका उदेश्यहरुको प्राप्तिमा सहयोग गर्ने उदेश्यका साथ मैले आगामी कार्यकाल २०१७–२०१९ का लागि युरोप संयोजकमा मेरो उम्मेदवारी घोषणा गर्दछु । एनआरएन अभियानको गरिमालाई कायम राख्दै परिणाममुखि एवं प्रभावकारी काम गर्ने मेरो प्रतिवद्धतालाई सहयोग र समर्थन गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । तपाईहको अमुल्य सहयोगको अपेक्षा गरेको छु ।

 

Source:Loksatta

प्रकाशित मिति ५ आश्विन २०७४, बिहीबार १५:२८