no-image

काठमाडौं, असोज १३ । आज मुटु दिवस नेपालमा पनि विभिन्न संघ संस्थाले विभिन्न साताव्यापी कार्यक्रम गरी दिवस मनाएका छन् ।
महासंघको सन् २००५ को तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष १ करोड ७५ लाख बढी मानिसहरुले रक्तनली, पक्षघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन् । हाल सो संख्या बढेर २ करोड नाघिसकेको महासंघको अनुमान छ । मुटुजन्य रोगलाई संसारकै मृत्युको प्रमुख कारण मानिन्छ ।

बदलिदो जीवनशैली तथा मधुमेह, अत्यधिक मोटोपन, शारीरिक निस्क्रियता तथा अत्यधिक मादक पदार्थको सेवनका कारण मुटुसम्बन्धी समस्या देखिने गरेको चिकित्सक बताउँछन् ।

 

प्रकाशित मिति १३ आश्विन २०७४, शुक्रबार १५:१२