अमेरिकाको लास भेगासमा गोली चल्दा २० को मृत्यु, १०० जना घाइते

वाशिङ्टन, असोज १६ । अमेरिकाको लास भेगासको एक क्यासिनो नजिक भएको गोलीबारीमा कम्तिमा २० जनाको मृत्यु भएको छ । अन्य एक सय जना घाइते भएका छन् ।

सनसेट स्ट्रिप इलाकास्थित मन्डाले बे होटेलबाहिर भइरहेको ‘रुट-९१ हार्भेस्ट फेस्टिवल’ नामक सांगीतिक कार्यक्रममा एक युवकले अन्धाधुन्द गोली बर्साएका थिए । उक्त कार्यक्रममा ३० हजारभन्दा बढी दर्शक सहभागी थिए ।

Himali sandesh
प्रहरीको गोली लागेर आक्रमणकारीको मृत्यु भएको छ । घटनालगत्तै लासभेगास विमानस्थलका धेरै उडान स्थगित भएका छन् । अवतरण गर्न लागेका विमानलाई अन्यत्र डाइभर्ट गराइएको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार उक्त होटेलको क्यासिनो रहेको तलाबाट गोली चलेको आवाज आएको थियो । त्यसपछि हजारौं युवा-युवती कार्यक्रमस्थल छाडेर बाहिरिन दौडादौड गरेका थिए ।
ती युवकले सयौं गोली भलाएको प्रत्यक्षदर्शीहरुको दाबी छ ।

Himali sandesh

 

Source:online khabar

प्रकाशित मिति १६ आश्विन २०७४, सोमबार १४:३९