no-image

काठमाडौं, असोज २९ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमले सञ्चालन गरेको एबीबीएस प्रवेश परीक्षा रद्द गरी पुन: सञ्चालन गर्न विद्यार्थीहरुले माग गरेका छन् ।

परीक्षामा सहभागी केही परीक्षार्थीले विशेष किसिमको विद्युतीय उपकरणको प्रयोग गरी चिट चोरेको भन्दै हालसम्म भएका परीक्षा रद्द गरी पुन: सञ्चालन गर्न माग गरेका हुन् । हालसम्म विद्युतीय उपकरणको प्रयोग गरी चिट गर्ने ११ जना परीक्षार्थी पक्राउ परिसकेका छन् ।

करीब ४० जना विद्यार्थीहरुले आज डिन कायार्लय अगाडी धर्ना दिदै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । यता, डक्टर्स सोसाइटी अफ नेपाल लगायत ६ वटा चिकित्सक संगठनले सो घटनाको भत्र्सना गर्दै परीक्षा रद्द गर्न माग गरेका हुन ।
श्रोत इकान्तिपुर

 

प्रकाशित मिति २९ आश्विन २०७४, आईतवार १९:५५