बलिहाङ कप २०७४ को उपाधि के वाई सी इजरायलको पल्टोमा ( तस्बीर सहित )

 

इजरायलवासी नेपालीहरू बिच एकता सद्भाव र हामी हामी बिचको मित्रता मजबुद रहिरहोस भन्ने हेतुका साथ बिगतका बर्षहरूमा जस्तै यो बर्ष पनि किरात याक्थुङ चुम्लुङ इजरायलले शुभ-दीपावली तथा( बलिहाङ तङनाम २०७४) को अवसरमा बलिहाङ कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो।
उक्त फुटबल प्रतियोगिताका प्रमुख अतिथि नेपाली राजदूतावास इजरायलका महामहिम राजदूत श्री नीरन्जन कुमार थापले दिपावलीको शुभकामना दीदै खेलको बिधिवत उद्घाटन गर्नु भएको थियो। अथितीको रूपमा नेपाली राजदूतावास इजरायलका सह सचिव आस्था सुब्बा राई , खेलको मुल्याङ्कन कर्ता सगुन राई , नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष नयन ईम्सोङ, सचिव समिर ह्याल्मो, एनआरएनए इजरायलका सचिव निर्मला गुरूङ, समाजसेवी तथा बलिहाङ कप २०७४ मा पहिलो नगद पुरस्कारका सौजन्य जीबन बुडाथोकी र उल्लेख्य मात्रामा दर्सकहरूको उपस्थितीका बिच खुलनमा रहेको खेल मैदानमा सौहार्दपुर्ण तवरले खेल सम्पन्न भएको थियो।
बलिहाङ कप २०७४ मा संसर युथ क्लव, दार्जेलिङ युनैटेड, ईष्ट इष्पोटी क्लव र आयोजक टिम kyc footbal team गरी जम्मा चार टिम बिच प्रतिस्पर्धात्मक साथै रोचक खेल भएको थियो।पोल ‘ए’बाट संसरा युथ क्लव र दार्जेलिङ युनैटेट बिच भएको खेलमा दार्जेलिङ युनैटेडले चार गोल गर्न सफल भएको थियो भने संसरा युथ क्लवले चार गोलको बिरूद्ध पाच गोल गर्दै फैनलमा प्रबेश गरेको थियो। यो खेलको मेन अफ द म्याच संसरा युथ क्लवका प्रकाश केसीले पाउन सफल हुनुभएको थियो।

बि पोलबाट ईष्ट इस्पेटिङ क्लव र kyc israel बिच भएको खेलमा ईष्ट इष्पोटिङ क्लवले दुई गोल लगाउन सफल भएको थियो। kyc israel ले दुई गोलको बिरूद्ध पाँच गोल गर्दै फैनलमा प्रबेश गरेको थियो । यो खेलको मेन अफ द म्याच kyc israel का पि के राजबंशीले पाउन सफल हुनुभएको थियो।
‘ए’ पोलका बिजेता टिम संसरा युथ क्लव र ‘बि’ पोलका बिजेता टिम kyc israel बिच भएको फैनल खेलमा संसरा युथ क्लवले एक गोल गर्न सफल भएको थियो। kyc israel ले एक गोलको बिरूद्ध चार गोल गर्दै बलिहाङ कप २०७४ को बिजेता टिम बन्दै आकर्सक कप साथै पाच हजार सेकेल नगत र मेडलहरू प्राप्त गरेकोछ। भने दोस्रो हुने टिम संसरा युथ क्लवले तिन हजार सेकेल नगत, कप र मेडलहरू प्राप्त गरेकोछ।
फैनल खेलको मेन अफ द म्याच kyc israel का प्रबिन आङबुङले पाउनु भयो।
खेल मुल्याङ्कन कर्ता सगुन राईका अनुसार बेस्ट डिफेन्समा संसरा युथ क्लवका अरून लामा, बेस्ट किपरमा kyc israel का सन्तोस लिबाङ, र सबै खेलहरूमा उत्कृष्ट खेल पर्दशन र धेरै गोल गर्न सफल kyc israel का सुन्दर नेपाललाई उत्कृष्ट खेलाडी साथै हाई स्कोररको उपाली आयोजले प्रदान गरेकोछ।
खेल संयोजक जीबन थक्लुङ, आईन्द्र योङ्या ,प्रताप मादेन, नुमा बोखीम मादेनले सामुहिक रूपमा बलिहाङ कप २०७४ मा सहयोग गर्नुहुने खेलाडी दर्शक तथा सबै सबैमा धन्यवाद ब्यक्त गर्नु भयो।

 

Source:namastekhabar

 

प्रकाशित मिति ५ कार्तिक २०७४, आईतवार २०:००