आफ्नै जिल्लामा आफ्नै कार्यकर्ताबाट लखेटिए  राम शरण महत (भिडियो सहित )

भूकम्पको बेलामा पिडितलाइ आएको जस्ता पाता आफुले खाएको आरोप लागेका नेता राम शरण महत आफ्नै कार्यकर्ताबाट लखेटिएका छन् । चुनावी अभियानका क्रममा भोट माग्दै गृह जिल्ला पुगेका महत लाइ आफ्नै नेता कार्यकर्ताले हुल दंगा गरेर लखेटेका छन् । लखेट्दै गरेको दृश्य पत्रकार रुद्र बलामीले आफ्नै मोबाइलमा कैद गरेका छन् ।

भ्रस्टचारिलाई आफ्नै पार्टीमा भए पनि कुनै स्थान नदिइने स्थानीयबासीहरुले बताएका थिए । यिनीहरुकै कारण देश लामो समय सम्म अनिर्णय को बन्दि भएकोले यस्ता भ्रस्टलाइ नुवाकोट बाट  मात्र नभई हरेक गाउँ ठाउ बाट  लखेट्नु पर्ने स्थानीय बासीको माग छ ।

बिगत लामो समय देखि नुवाकोट बाट चुनाब लडेर जित्दै आएका महतलाई अब भने त्यहा बाट  गाह्रो पर्ने देखिन्छ । हामीले महतलाई वास्तविकताको लागि सम्पर्क गर्न खोज्दा उनि हामि संग कुरा गर्न मानेनन् । उनका निजि सचिब को अनुसार यो सब बाम गठबन्दनको  हराउने चलखेल रहेको बताए । शान्तिपूर्ण सभा भैरहेको ठाउमा आएर बाम गठबन्दनले सुतेको शेर बिम्त्याएको भन्दै सचिबले आक्रोस पोखे ।

बास्तविकता के हो सायद अब चुनाब को नतिजाले नै बताउला

 

भिडियो हेर्नुस 

 

 

प्रकाशित मिति २४ कार्तिक २०७४, शुक्रबार ११:५५