जुनबेशीमा ३ वटा चैत्यको रम्ने(प्राणप्रतिष्ठान) (फोटो फिचर सहित)

सोलुखुम्बु, मसिंर ३ । २०७२ सालको महाभुकम्पले क्षतिग्रस्त सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा न २ जुनबेशीको ३ वटा चैत्य पुननिमार्ण कार्य सम्पन्न भइ प्राण प्रतिष्ठान (राप्ने) पुजा भोली आइतवार विहानबाट हुने भएको छ । भुकम्प पछि पुन निमार्ण कार्य सम्पन्न भएको यी ३ चैत्यको प्राण प्रतिष्ठान पुजा सेर्लो गुम्बाका प्रमुख लामा पेमा थारचिन टुल्कु रिन्पोचेबाट हुने लागेको हिमालयन एति क्लवका अध्यक्ष मिङ्मार लामा शेर्पाले जानकारी दिनु भयो ।

सोलुखुम्बु जिल्लामा पहिलो पटक ३ वटा चैत्य निमार्ण कार्य सम्पन्न गरि प्राण प्रतिष्ठा पुजा एकै चोटी गर्न लागेको हो । चैत्य स्थानियको पहलमा निमार्ण कार्य सम्पन्न भएको हो । १९५३ मा सर एडमण्ड हिल्लरी र तेन्जीङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गर्न जादा प्रयोग गरेको बाटोको रुपमा लिने गरिन्छ । त्यसपछिबाट यहा पर्यटनको विकाश भएको हो । समुद्रि सतह देखि २६ सय मिटर उचाइमा रहेको यस गाँउमा प्रया लामा शेर्पाहरुको बसोवास रहेको छ ।

जुनबेशीको अर्थ जुन बसेको स्थानको रुपमा जुनबेशी रहन गएको सेर्लो गुम्बाका प्रमुख लामा पेमा थारचिन टुल्कु रिन्पोचे बताउनु भयो । उहाका अनुसार परापुर्व कालमा यहाँ सम्पुर्ण कार्यहरु (जस्तै सरकारी कामहरु) हुने भएकोले गर्दा यस ठाउँको नाम जुनबेशी रहन गएको किम्बदन्ती रहेको छ । अन्तरिक तथा वाह्य पर्यटकको आर्कषकको केन्द्र जुनबेशी रहेको छ । वरीपरि डाडाकाडाले ढाकिएको छ भने दक्षिण पश्चिममा सेर्लो गुम्बा, उत्तरमा थुप्तेन क्ष्योलिङ गुम्बा रहेको छ ।

प्रकाशित मिति ३ मंसिर २०७४, आईतवार २०:०६