विश्व ईतिहास रच्दै शेर्पा महिला पत्रकार डोमा

हिमाली सन्देश सोलुखुम्बु, मंसिर २५ । पहिलो शेर्पा महिला पत्रकारको रुपमा सगरमाथा आरोहण २०१८ को तयारिमा रहेकी सन्चारकर्मी डोमा शेर्पाले २५ गते आइसल्याण्ड पिक आरोहण गरेकि छिन । मंसिर १९ गते यात्रा सुरु गरेकी शेर्पाले आज २४ गते बिहान ९ बजे शिखर बाट फोनमार्फ़त आरोहण गरेको जनकारी हिमाली सन्देश लाई गरेकी छिन ।

महिला शसत्तिकरण, पत्रकारिता क्षेत्रमा महिलाहरुलाइ अग्रसर गराउन र नेपालको पर्यटनलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय स्थरसम्म पुर्‍याउने उद्देश्यका साथ शेर्पाले सगरमाथा आरोहण तयारिका लागि आइसल्याण्ड पिक आरोहण गरेकी हुन । सगरमाथा आरोहणको पहिलो खुड्किला पिक आरोहण सफल भएको डोमाले जानकारी दिएकी छिन । भने सगरमाथा आरोहणमा सबैको साथ सहयोग र माया आउनेमा आशा गरेकी छिन ।

पिक आरोहणमा आरोही तेन्जी निमा शेर्पाले साथ दिएका थिए । आरोहणमा साथ दिएका तेन्जी निमाका अनुसार निडर र आफैमा केही गर्छु भन्ने लक्ष्यका साथ डोमा आएकाले पिक आरोहण सफल भएको बताए । महिला शेर्पा पत्रकरले सागरमाथा आरोहण गर्न लागेको यो ऐतिहासिक अवसर हो । यो भन्दा अगडी येसको कुनै ईतिहास छैन । शेर्पा लाई बिस्वमा फरक ढंग भाट चीनउन लगेकोमा पत्रकार डोमा शेर्पा लाई अग्रिम सुभकामना

तस्बीर:तेन्जी निमा शेर्पा

प्रकाशित मिति २५ मंसिर २०७४, सोमबार ०९:१८