प्रदेश संसदको पहिलो बैठकमा शेर्पा पोषाक (बख्खु) लगाएर जान्छु : नवनिर्वाचीत सांसद राजभण्डारी ।

मंसिर २५,भोजराज कार्की, सोलुखुम्बु- सोलुखुम्बु प्रदेश सभा (ख) का नवनिर्वाचित सांसद बुद्धिकुमार राजभण्डारीले पहिलो प्रदेश संसदको बैठकमा शेर्पा समुदायको पोषाक (बख्खु) मा उपस्थित हुने बताउनुभयो । नवनिर्वाचित प्रदेश सांसद राजभण्डारीले सोलु एफ एमको कार्यक्रम समय सन्दर्भमा कुराकानी गर्नुहुदै आफु अल्पसख्यंक समुदायको व्यक्तिलाई बहुमत संख्या भएका जातीहरुले विश्वासको मत दिएर बिजय गराएको भन्दै जिल्लाका सम्पुर्ण समुदायको भेषभुषाको पहिचान हुनेगरि संसद बैठकमा सहभागी हुने बताउनुभयो ।
वहाले भन्नुभयो, “मलाई चुनाव लड्दै गर्दा पराजीत गराउन विपक्षीले जातीय नारा लगाएका थिए तर यहाँको बहुसंख्यक जाती शेर्पा सहित अन्य समुदायको विश्वासको मतले यो स्थानमा आएको हुँ, त्यसैले यो विश्वासको मतलाई सम्मान गर्दै ममाथि लगाईएको भ्रम तोड्नु पहिलो कार्य हो, जस अन्तरगत मैले पोषाकलाई पनि एक माध्यम बनाएको छु ।”
पञ्चायती शासन विरुद्ध आवाज उठाउँदा सरकारी जागिरनै गुमाउनुपरेको अनुभव सुनाउनुहुने राजभण्डारीको यो जिबनकै पहिलो खुसीको क्षण रहेको छ । सोलुएफ एमको कुराकानीमा आफ्नो विगतको इतिहासलाई सम्झदा भक्कानु भएका नवनिर्वाचीत सांसद राजभण्डारी सोलुखुम्बुलाई उज्यालो जिल्ला बनाउँदै यहाँका सम्पुर्ण नागरिकलाई आर्थिक रुपमा सबल बनाउने आफ्नो पहिलो कार्यरहेको बताउनुहुन्छ । वहाले भन्नुभयो, “जलविद्युतको प्रचुर संभावना बोकेको सोलुखुम्बुको माथिल्लो क्षेत्रमा सगरमाथा समेत रहेकाले आन्तरीक र बाह्य पर्यटक १० गुणाले बढाउने गरि पुर्वधारको बिकास गर्ने, र त्यसलाई आवश्यक खाद्यन्न जिल्लाकै तल्लो क्षेत्रमा उत्पादन गर्ने गरि बिशेष कार्यक्रम सञ्चालन गर्नु मेरो पहिलो कार्य हो ।”
अबको पाँच बर्ष भित्र जिल्लाको पर्यटकिय क्षेत्र खुम्बुमा सहज आवजत जावत गर्न खुम्बुपासाङ ल्हामु गाउँपालीकाको सुर्के सम्म पक्की सडक निर्माण गर्ने, विभिन्न उद्योग मार्फत बिदेशीने युवाहरुलाई स्वरोजगार सृजना गर्ने, प्राविधिक शिक्षामा जोड दिदै दक्ष जनशक्ति उत्पादन गर्ने वहाको प्रतिबद्धता छ ।
नवनिर्वाचित बुद्धिकुमार राजभण्डारी को हुन् ?
बि.सं २०२३ साल जेठ २२ गते बुबा धननारयण राजभण्डारी र आमा बिष्णुमाया राजभण्डारीको कोखबाट सोलुखुम्बुको सल्लेरीमा जन्मनुभएका राजभण्डारी २०३८ साल देखी विद्यार्थी राजनितिमा लाग्नुभएको थियो । तत्कालिन शिक्षक खम्ब बहादुर राईको प्रेरणाबाट राजनितिक यात्रा रोज्नुभएका राजभण्डारीले बि.कम सम्मको अध्ययन पुरा गर्नुभएको छ ।
२०४० सालमा एस एल सी पास गर्नुभएका राजभण्डारीले पारीवारीक अवस्था कम्जोर हुँदा अध्ययनलाई निरन्ततरता दिन नसकेको बताउनुहुन्छ । २०४६ सालको आन्दोलनमा नेतृत्व दायि भुमिका निर्वाह गरेको बताउनुहुने राजभण्डारी २०४७ सालमा तत्कालीन पाटी जनमोर्चाको सचिव पदको जिम्मेवारी सह्माल्नुभयो । २०४९ सालमा सम्पन्न तत्कालिन गाउँ विकास समिति सल्लेरीको वडा नम्बर ७ को वडा अध्यक्षमा बिजय हुनुभयो ।
जनमोर्चामा लामो समय बिताउनुभएका बुद्धिकुमार २०५१ साल जेठ ३ गते नेकपा एमालेमा प्रवेश गर्नुभयो । पाटी प्रवेशको दुई दिनमै एमालेको कार्यलय सचिवको समेत जिम्मेवारी पाएको वहाको भनाई छ । सोहि समयमा इन्सेक प्रतिनिधि समेत भएर काम गर्नुभयो । २०५३ साल मंसिर २२ देखी २०६५ साल सम्म नेकपा एमालेको प्रमुख पद जिल्ला पाटी सचिवको जिम्मेवारी पुरा गर्नुभयो । पाटीले वहालाई २०६४ सालको संविधान सभा निर्वाचनमा सोलुखुम्बुको प्रत्यक्षमा उम्मेदवार बनाएको थियो तर नेकपा मओवादीका गोपाल किराँतीबाट हार बेहोर्नुप¥यो । पाटीले २०७० को संविधान सभाको चुनावमा समानुपातीक उम्मेदवार बनाएपनि सांसद बन्नुभएको थिएन तर २०७४ वहाको लागि भाग्यमानी बर्ष बन्यो ।
राजनितिले सरकारी जागीर गयो तर राजनितिलेनै संसद प्रतिनिधि बनायो ।
बुद्धिकुमार राजभण्डारीलाई सरकारी जागिर समेत मिलेको थियो । तर २०४६ सालमा पञ्चायती व्यवस्थाको बिरोधमा आवज उठाउँदा सरकारी सेवाको रुपमा रहेको भ्याक्सीनेटरको जागिरनै गुम्यो । त्यसबेला आप्mनो संगै अन्य साथीहरुको समेत जागिर गएको वहाको भनाई छ । बिना कारण जागिर गुमाउनुपर्दा लोकतन्त्र आएपछि २०४८ सालमा जागिरको लागि पुनरावेदन गर्ने सरसल्लाह भएपनि आफुचाहि पुनरावेदन नगएको वहाको भनाई छ ।
देश र जनताको लागि आफ्नो ज्यान समेत बाजी राखेर राजनितिमा अगाडी बढ्नुभएका राजभण्डारी राजनितिबाटै संसद प्रतिनिधि समेत बन्न सफल हुनुभएको छ ।
तस्बीर उपलब्ध छ ।

-SoluFm

प्रकाशित मिति २६ मंसिर २०७४, मंगलवार १०:२५