श्रीमानको सपना पुरा गर्न सगरमाथा आरोहणमा २ महिला

लेख्न मन लागि रहेको छ, कहाँबाट सुरु गर्ने यो कहानी, कसरी यस कहानीलाई बयान गर्ने बनाएको छ । स्तव्ध छु । लेख्नलाई कलम चलाउदैछु ।
सम्मान गर्छु यी साहसलाई, कदर गर्छु समाज परिर्वतन गर्न चालिएका पाइलाहरुलाई ।

नेपाल पर्वतारोहण सघं (एनएमए)ले बार्षिक रुपमा दिदै आएको तालिमको प्रमाण पत्र वितरण कार्यक्रमको समाचार तयार गर्न म पनि पुगेकी थिए । म बसि रहेकी थिए समाचार तयार गर्दै थिए । क्यामरा लिएर यताउता हिडि रहेकी थिए । टेलिभिजन कार्यक्रमको लागि केही सामग्री कैद गर्दै थिए । सबैसगँ तालिमको अनुभवको विषयमा सोधि रहेकी थिए । यसै क्रममा एक्कसी मेरो नजर २ विधुवा (एकल) महिला तिर गयो । उहाँहरुको बारेमा सुनेकी थिए । खोजी गरि रहेकी थिए । उहाँहरुको साहशी कामलाई बाहिर ल्याउने तयारी गरि रहकी थिए । एक्कासी भेट भयो हाम्रो मैले उहाँहरुलाई खोजी रहेकी थिए भने उहाँहरुले पनि मलाई भेट्न चाही रहको रहेछ । हाम्रो भेट भयो अनि एकअर्कामा चिनजान गर्यौ ।

कहानी हो खुम्बु पासाङ ल्हमु गाउँ पालिकाकी फुर्वा दिकी शेर्पा र निमा डोमा शेर्पाको उहाँहरु यही स्प्रिङ सिजनमा सगरमाथा आरोहणको तयारीमा छिन । उहाहरुले सगरमाथा आरोहणका क्रममा आफ्ना श्रीमानलाई गुमाउन पर्यो । फुर्वा दिकी शेर्पाले २०१३ मा र निमा डोमा शेर्पाले २०१४ मा सगरमाथा आरोहणका क्रममा श्रीमान गुमाएका थिए ।
खुसी साथ गाउँघरमा रमाइ रहेका यि दुइको परिवारमा श्रीमानको मृत्यु पछि धेरै चुनौतीहरु आयो । धेरै संघर्ष गर्नु पर्यो त्यसमाथि समाजले हेर्ने नजर नै परिर्वतन भयो । परिवारमा बज्रपात नै पर्यो । के गर्ने कसो गर्ने केही जानकारी थिएन । मात्र पिर थियो छोरा छोरीको कसरी पाल्ने कसरी परिवार चलाउने भन्ने । मध्यम वर्गिय परिवार, शिक्षाको कमी भएकाले उनीहरुले आरोहण पेशालाई अगालेका थिए । परिवारलाई खुसी र सखी राख्न, परिवारको उज्वाल भविष्य बनाउन, छोराछोरीलाई राम्रो शिक्षा दिने ठुलो सपनाका साथ गएका थिए तर सपना सपनामा मात्र सिमित रह्यो पुरा हुन सकेन ।

फुर्वा दिकी शेर्पा र निमा डोमा शेर्पा श्रीमानको पर्खाइमा बसि रहेका थिए । कहिले श्रीमान आउला भनी बाटो कुरी बसेका थिए । गाउँघरमा खेती किसानी र गृहणी थिइन । दिनहरु बित्दै गए । आज भोली भनी उनीहरु श्रीमानको बाटो कुरी रहे । पाठपुजा गरि रहे तर श्रीमान फर्केर आएन । विहान बेलुकी आउलाकी भनी बाटो आखाँले भ्याउन्जेल हेरी रहन्थीन फुर्वा दिकी शेर्पा र निमा डोमा शेर्पा । छोराछोरीहरु पनि बुवा कहिले आउनु हुन्छ भनी सोधी रहन्थे । एक्कासी समाचार आयो फुर्वा दिकीलाई, घटना २०१३ को उनी विहानै घरधन्दा सकाउनका व्यास्त थिइन उनको कानमा पर्छ श्रीमानको मृत्युको खवर उनी छागाबाट खसे सो सरह भइन । पत्याउन गाहैँ भयो उनलाइ रोइन कराइन केही समयमा श्रीमानको लास घरमा ल्याइपुर्य्यौ । निशव्द भइन उनी…………

घटना २०१४ को निमा डोमा पनि गृहणी नै थिइन । घरपरिवार सम्हालेर गाउमा बसेकी थिइन । श्रीमानले हिमाल आरोहण गरि ल्याएको रकमले परिवारको छाक टारिन्थ्यो । श्रीमानको सोच थियो छोराछोरीलाई राम्रो शिक्षा दिने र परिवारको उज्वाल भविष्य बनाउने तर २०१४ मा गएको सगरमाथाको हिम पहिरोले उनको श्रीमान कहिल्यै नफकर्ने गरि लग्यो । त्यस हिमपहिरोमा श्रीमानको मृत्यु भयो । उनी पनि फुर्वा डोमा जस्तै गरि श्रीमानको आउने बाटो र दिन गनि रहेकी थिइन तर श्रीमान कहिल्यै फर्केर आएन । उनको मृत्युको खवरले गर्दा निमा डोमा डिप्रेशनमा जान लागिन १ बर्षसम्म भोक निन्द्र हरायो । उनी भन्छिन परिवारको मुल नै नभएसी कसरी घर व्यावहार चलाउने अव के गर्ने भनी दिनरात श्रीमानको नाममा आसु जारीन…….. तर सुनि दिने कोही थिएन थियो त आफ्नो कोठा, भित्ताहरु….

सगरमाथाको यात्रा
फुर्वा दिकी शेर्पाको ३ छोरी र निमा डोमाको एक छोरा र छोरी गरि २ सन्तान छन । उनीहरु श्रीमानको मृत्यु पश्चात छोराछोरीको उज्वल भविष्यका लागि गाउँबाट काठमाडौँ आएका थिए । दुवै जनाको चिनजान थिएन । उनीहरु भेट बौद्ध घुम्ने क्रममा २०१४ मा भएको थियो । निमा डोमा भखर्रै मात्र श्रीमान गुमाउनु परेको पिरमा होस हवार थिएन । उनी गाउँबाट लगाएर आएको कपडामा नै बौद्ध घुम्न पुगेकी थिइन । उनको कपडा च्यातिएको थियो । फुर्वा दिकीले देख्छ त्यो च्यातिएको ठाउँ उनी नजिक आउछिन र भन्छिन तपाइको कपडा च्यातिएको छ । उनलाई थाहा थियो निमा डोमाको श्रीमान पनि सगरमाथा आरोहणको क्रममा वितेको छ भनी फुर्वा दिकी भन्छिन किन यस्तो गरेर हिडेको वित्ने त विति सक्यो अव केही गर्नु पर्छ उनीहरु बौद्ध घुमेर जि क्याफे जान्छ । उनीहरु एकअर्कामा श्रीमानको मृत्युको कहानी सुनाउछ दुवै जान रुन्छ पिडा लुकाउन उनीहरु दुवै जना रुन्छ र अव के गर्ने भनी दुवै जना सल्लाह गर्छ फुर्वा डोमाले श्रीमान सगरमाथामा वित्यो अव उहाँहरु कहाँ वित्नु भएछ र कति कठिनाइ रहेछ भनी हेर्न जानु पर्छ । उहाँहरुको दुख हेर्न जानु पर्छ । उहाँहरुको सपना पुरा गर्नु पर्छ भनी निमा डोमालाई भन्छिन । निमा डोमालाई पनि श्रीमानको इच्छा सगरमाथा आरोहण पुरा नभएकाले जान मन थियो । उनी पनि हुन्छ भनी तयार हुन्छिन । दुवै जनाले जि क्याफेको भेटमा तय गर्छ अव केही गर्नु पर्छ रोएर हैन समाज परिर्वतन तर्फ लाग्नु पर्छ ।

काठमाडौमा कोठा नपाउदा र समाजले हेर्ने दृष्टिकोण
समाजमा अहिले पनि विधुवा महिलाहरुलाई हेर्ने नजर फरक छ । एकल महिला भन्ने वित्तिकै समाज, घर परिवारले हेर्ने नजर नै फरक हुने रहेछ । जब श्रीमानको मृत्यु पश्चात हामी बालबच्चाको हेरचाहर र उच्च शिक्षा दिन काठमाडौँ आयौँ । काठमाडौँमा एकल महिला विधुवा महिला भन्ने वित्तिकै कोठा पाउन गाह्रौँ भएको थियो । घरभेटी कोठा सोध्नसाथ श्रीमान के काम गर्छ भनी सोध्न मनमा चिसो पस्थ्यौँ । एकल महिला विधुवा महिला भन्ने वित्तिकै कोठा नदिने खालको समस्याहरु आउथ्यो ।

सगरमाथा २०१९ मा आरोहण गरि छाड्ने
यी दुइ विधुवा महिला अहिले सगरमाथा आरोहण अभियानमा छन २ विधुवा महिला सगरमाथा आरोहण अभियान २०१९ को नारा लिएर हिडेकी छिन । उनीहरु अहिले आर्थिक संकलन अभियानमा छन । प्रत्येक दिन पासाङ ल्हमु वाल क्लाइमिङमा हुन्छिन उनीहरु । दिउसो अभियानमा विभिन्न संघसस्थाहरुमा अभियानको बारेमा जानकारी दिएर सहयोगका लागि अपिल गरि रहेका छन । समाजमा परिर्वतन ल्याउन पाइला चाल्दै छिन यी दुइ ।

प्रकाशित मिति २ आश्विन २०७५, मंगलवार १८:००