एभरेष्ट बैंक (EBL) र प्राइम लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।

सोमबार एभरेष्ट बैंकको ४२ लाख ३५ हजार १०३.४२ कित्ता बोनस शेयर र प्राइम लाइफ इन्स्योरेन्सको १५ लाख ८१ हजार २५३ कित्ता गरी कुल ५८ लाख १६ हजार ३५६.४२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

एभरेष्ट बैंकले गत अर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने ४२ करोड ३५ लाख १० हजार ३४१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गरेको थियो। उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। यस्तै प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको ७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेमा सूचीकृत उक्त बोनस शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय