भारतलाई जिती फिफा वरीयतामा १० स्थान माथि उक्लने नेपालको लक्ष्य

काठमाडौँ – साफ तयारीमा रहेको नेपाली फुटबल टोलीले भोली पाहुना टोली भारतसँग पहिलो मैत्रिपूर्ण खेल खेल्दै छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुने खेलमा दुबै टोली सुखद् सुरुवात गर्न चाहन्छ ।

नेपालले साफ च्याम्पियनको तयारी स्वरुप भारतसँग विहिबार दुई मैत्रीपूर्ण खेल खेल्दै छ । जुन खेलमा नेपाल जित्नकै लागि मैदान उत्रने प्रशिक्षक अब्दुल्लाह अल्मुताईरको विश्वास छ । घरेलु मैदान दशरथ रंगशालामा हुने खेल अब्दुल्लाहको नतिजा हेर्नका लािग पनि विशेष हुने छ । भारतविरुद्धको दुई खेल फिफा क्यालेण्डर अनुसार हुने भएकोले फिफा वरीयतामा सुधार ल्याउन पनि निकै महत्वपूर्ण हुने छ । यस दुई खेल जितेमा नेपाल सातदेखि १० स्थानसम्म माथि उक्लन सक्ने भएकोले पनि नेपाल बराबरीका लािग भन्दा पनि जित्नका लागि खेल्नेप्रशिक्षकको विश्वास छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ पनि खेल जित्नेमा कुरामा आशावादी छन् । मैत्रीपूर्ण खेल हुने अघिल्लो दिन कप्तान चेम्जोङले आफ्नो कमजोरी र बलियो पक्ष चिह्ने मौका प्राप्त गर्ने आशा व्यचेम्जोङको छ । । कोरोना महामारीकै बीचमा पनि आफ्नो घरेलु मैदानमा साफभन्दा अघि भारत जस्तो बलियो टिमसँग खेल्न पाउनु राम्रो अवसर रहेको चेम्जोङले बताउनुभयो ।

नेपालका लागि फुटबलमा ठूलो प्रतियोगिता भनेको नै साफ च्याम्पियसिफ हो । अझ, यसो भनौं साफ च्याम्पियनसिपले नेपालका लागि विश्वकपको झै मान्यता राख्छ । नेपाली टिम अहिले त्यसैको तयारीमा रहेको छ । नेपालले यसैका लागि विगत दुई महिनादेखि पोखरामा तयारी गरिरहेको थियो । यो खेल पछि नेपाली टिम सिधै कतार जाने छ । १० सेप्टेम्बरसम्म कतारको बसाईमा सकेसम्म एक वटा म्याच खेल्ने तयारीमा राष्ट्रिय टोली छ । त्यसपछि भने नेपाली टिम सिधै माल्दिभ्स जाने छ ।

प्रकाशित मिति १६ भाद्र २०७८, बुधबार २३:०७

सम्बन्धित समाचारहरु