MCC सम्झौता यथा अवस्थामा  लागु नगराउन नेपाली समाज जापानकाे माग

फुर्वा शेर्पा /8 जनवरी ,जापान- नेपाल सरकार र अमेरिकी सस्था Millennium Challenge Corporation (MCC) बीच भएको सम्झौताबारे समाजवादी पार्टी को प्रवास समिति नेपाली समाज को गम्भीर ध्यानाकर्षण भएको भन्दै एक बिज्ञप्ति प्रकाशन गरेकाे छ ।

सन् २०१७सेप्टेम्बर १४ तारिख MCC अनुदान सहयोग सम्झौता पत्रमा उल्लेखित बुंदाहरु नेपालको संविधानसंग बाझिएका,नेपालको सार्वभौमसत्ता माथि आँच पुग्ने खालका र राष्ट्रिय सुरक्षा नीति (National Security Interest ) विपरित भएको हुँदा MCC सम्झौता यथा अवस्थामा लागु नगर्न र नगराउन नेपाल सकारसंग नेपाली समाज जापान जोडदार माग गर्दछ बिज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष सरिता ढकाल र महासचिव शिशिर निङ्लेकु लिम्बुद्वारा हस्ताक्षरित बिझप्तिमा नेपाल र अमेरिका बीच आपसी अनुदान, आर्थिक सहयोग र प्राबिधिक सहयोग प्रचलित कानून प्रदद्द सहयोग लिने दिने पक्षलाइ नेपाली समाज जापान हार्दिकताका साथ् सम्मान र प्रसंसा गर्दछ । MCC  सम्झौता र हिन्द प्रशान्त शैनिक रणनिति ( Indo-pacific strategy )यी दुइ फरक -फरक प्रकृतिका हुन् भनि अमेरिका सरकारले औपचारिक रुपमा पुष्टि नगरे सम्म नेपाल सरकारले सम्झौता गरेमा त्यस बाट नेपाल र नेपाली जनता माथि पर्ने असरको जिम्मेदारी अहिलेको ओली सरकारले लिनु पर्दछ भन्ने नेपाली समाज जापान को निष्कर्षमा लेखिएकाे छ   । राष्ट्रिय स्तरको आयोजनाहरु र दुइ वा सो भन्दा बढी देश सम्मिलित आयोजनाहरु नेपाल सरकारले सम्झौता गर्दा नेपालको सबै राजनीतिक दलहरु र सरोकारवालासंग परिपक्क छलफल गरेर मात्र सम्झौता गर्नुपर्ने छ ।

अन्यथा सन् १९५० को जस्तो आत्माघाती सम्झौता हुन गइ पछुताउनु पर्नेअवस्था आउन सक्ने भएकाले यस सवालमा नेपाल सरकार लाइ चनाखो रहन समेत आग्रह गरेकाे छ

प्रकाशित मिति २२ पुष २०७६, मंगलवार २१:२२