–निनाम लोवात्ती, गएको वर्ष (सन् २०२३) को १२ महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरुको संख्याको मासिक तथ्यांक तल प्रस्तुत गरिएको छ । सोअनुसार सन् २०२३ को पहिलो महिना अथवा भनौं जनवरी महिनामा ५५ हजार ७४ जना । फेब्रुअरी महिनामा ७३ हजार २५५ जना । मार्च महिनामा ९९ हजार ४२६ जना । त्यस्तै गरेर अप्रिल महिनामा ९८ हजार ७७३ जना । मे महिनामा ७७ हजार ७०३ जना । जुन महिनामा ७२ हजार २५० जना । जुलाई महिनामा ५७ हजार २२६ जना । अगस्ट महिनामा ६७ हजार १५३ जना । सेप्टेम्बर महिनामा ९१ हजार १२ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका थिए भने अक्टोबर महिनामा एक लाख १७ हजार ३०६ जना । नोभेम्बर महिनामा एक लाख आठहजार ६३० जना विदेशी पर्यटक आएका छन् । सन् २०२३ को अन्तिम अथवा भनौं डिसेम्बर महिनामा चाहिँ विगतका वर्षको डिसेम्बर महिनाहरुको तुलनामा अनपेक्षि धेरै नै संख्यामा अर्थात् ९६ हजार ५६८ जना विदेशी पर्यटकले नेपाल भ्रमण आएका छन् । यसरी तथ्यांक हेर्दा हेर्दा सन् २०२३ मा जम्मा १० लाख १४ हजार ३८४ जना विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका छन् । यसरी तथ्यांक हेर्दाखेरि सन् २०२३ मा जुन संख्यामा विदेशी पर्यटकहरु नेपाल भ्रमण गर्न आएका छन्, त्यसै हामीले धेरै राम्रो मान्नुपर्ने हुन्छ । यसले नेपाली पर्यटनको भविश्य सकारात्मक दिशादर्पm मोडिएको संकेत पनि गरेको छ ।

हुनत नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याको तथ्यांक हेर्ने हो भने सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०२० मा चाहिँ दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटकहरु मात्रै नेपाल भ्रमण गर्न आएका थिए भने, सन् २०२१ मा त अझ घटेर केवल एक लाख ३१ हजार विदेशी पर्यटक मात्रै नेपाल भ्रमण गर्न आएका थिए । तर सन् २०२२ मा केही राम्रो संख्यामा बढोत्तरी भयो किनभने सन् २०२२ मा छ लाख १४ हजार १४८ जना विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए । नेपाली पर्यटन क्षेत्रमा सबैभन्दा खड्किएको विषय भनेको विभिन्न पर्यटकीय संभावना भएका देशहरुमा हवाई उडान पर्याप्त नहुनु हो । जे भए तापनि सन् २०२३ को ११ महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको यो संख्याले नेपाली पर्यटनमा विस्तारै गति लिने देखिन्छ । तथापि हाम्रो देश नेपालले अहिलेसम्म हवाई सेवा विस्तारमा ध्यान दिन नसकोले हुनाले गर्दा नेपाल भ्रमणमा आउन चाहने विदेशी पर्यटकको संख्या एकैचोटि ४०–४३–४५ प्रतिशतदेखि ५०–५२–६० प्रतिशतले वृद्धि हुने संभावना रहेको छैन । तापनि आगामी वर्ष (सन् २०२४) मा साढे १३ लाखदेखि साढे १४ लाखसम्म विदेशी पर्यटकहरु नेपाल आउने संभावना छ । हुनत सन् २०२२ को ११ महिना र सन् २०२३ को ११ महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यालाई तथ्यांकगत रुपमा तुलना गरेर हेर्ने हो भने सन् २०२२ को ११ महिना को तुलनामा सन् २०२३ को ११ महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या लगभग ६९ प्रतिशतले धेरै रहेको छ ।

त्यस्तै गरेर सन् २०२३ को अन्तिम महिना अर्थात् डिसेम्बरमा नेपाल भ्रमण गर्न आएका प्रखुम १० देशका पर्यटकहरुमा क्रमशः भारतबाट ३२ हजार ६९२ जना । चीनबाट सात हजार ३७० जना । अमेरिकाबाट सात हजार २७ जना । बंगलादेशबाट सात हजार २०६ जना । थाईल्यान्डबाट चार हजार ५३४ जना पर्यटक नेपालको भ्रमण गर्न आएका छन् भने बेलायतबाट चार हजार २६७ जना । अष्टे्रलियाबाट तीन हजार ८३४ जना । म्यानमारबाट दुई हजार ५३३ जना पर्यटक नेपाल भ्रमण गर्न आएका छन् । त्यस्तै दक्षिण कोरियाबाट दुई हजार ३६३ जना र जापानबाट दुई हजार ३३९ जना पर्यटक आएका छन् ।

जे भए तापनि सन् २०२३ को ११ महिनामा नेपाल भ्रमण गर्न आएका नौंलाख १७ हजार ३०८ विदेशी पर्यटकमध्ये जनवरी महिनामा ५५ हजार ७४, फेब्रुअरी महिनामा ७३ हजार २५५, मार्च महिनामा ९९ हजार ४२६, अप्रिल महिनामा ९८ हजार ७७३, मे महिनामा ७७ हजार ७०३, जुन महिनामा ७२ हजार २५०, जुलाई महिनामा ५७ हजार २२६, अगस्ट महिनामा ६७ हजार १५३, सेप्टेम्बर महिनामा ९१ हजार १२, अक्टोबर महिनामा एकलाख १७ हजार ३०६ र नोभेम्बर महिनामा एकलाख आठहजार ६३० जना विभिन्न देशका पर्यटकहरुले नेपाल भ्रमण गरेका छन् ।
नेपाली पर्यटन क्षेत्रमा सबैभन्दा खड्किएको विषय भनेको विभिन्न पर्यटकीय संभावना भएका देशहरुमा हवाई उडान पर्याप्त नहुनु हो । जे भए तापनि सन् २०२३ को ११ महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको यो संख्याले नेपाली पर्यटनमा विस्तारै गति लिने देखिन्छ । तथापि हाम्रो देश नेपालले अहिलेसम्म हवाई सेवा विस्तारमा ध्यान दिन नसकोले हुनाले गर्दा नेपाल भ्रमणमा आउन चाहने विदेशी पर्यटकको संख्या एकैचोटि ४०–४३–४५ प्रतिशतदेखि ५०–५२–६० प्रतिशतले वृद्धि हुने संभावना रहेको छैन । तापनि आगामी वर्ष (सन् २०२४) मा साढे १३ लाखदेखि साढे १४ लाखसम्म विदेशी पर्यटकहरु नेपाल आउने संभावना छ । हुनत सन् २०२२ को ११ महिना र सन् २०२३ को ११ महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यालाई तथ्यांकगत रुपमा तुलना गरेर हेर्ने हो भने सन् २०२२ को ११ महिना को तुलनामा सन् २०२३ को ११ महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या लगभग ६९ प्रतिशतले धेरै रहेको छ ।

यो लेखमा हामीले जहिले पनि सिक्न, मनन् गर्न र सम्झना योग्य अलि पूरानो घटना उल्लेख गर्दैछु । कुरो नेपालको पूर्वी पहाडी जिल्लामा अवस्थित इलाम जिल्लाका होटल व्यवसायीहरुको हो । उनीहरले त्यो वेला गरेको काम संभवतः नेपालभरिकै पर्यटन व्यवसायीहरुका लागि अनुकरणीय र मननीय हुन सक्छ । किनभने उनीहरुले नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा सन् २०१९ को अन्तिम रात बिताउन इलाम जिल्लाको सदरमुकाम इलाम बजार वास बस्न आई पुगेका विभिन्न देशका पर्यटकलाई मात्रै एक रुपैयाँ शुल्क लिएर ‘एक रात वास र दुई छाक खाना’ दिएका थिए । सो कार्यले इलामेली होटल व्यवसायीहरुका लागि मात्रै नभएर समग्र नेपाल र नेपाली पर्यटन क्षेत्रबारे विश्व पर्यटन बजारमा राम्रो सन्देश गएको थियो, जान्छ । यस्तो कार्य आगामी दिनमा फेरि पनि भएमा हामीले सबैले आ–आप्mनो क्षेत्रबाट सक्दो प्रचारप्रसार गर्नुपर्ने हुन्छ । हुन पनि त्यो वेला (नेपाल भ्रमण वर्ष सन् २०२० को पहिलो दिन लाग्ने र सन् २०१९ को अन्तिम रात बिताउने विदेशी पर्यटकहरुलाई) इलाम जिल्लाको सदरमुकाममा सञ्चालित होटलका मालिकहरुले ‘एक रुपैयाँ शुल्कमा विभिन्न देशका पर्यटकलाई एक रात वास र दुई छाक खाना’ उपलब्ध गराउने कामलाई कम आँक्न हँुदैन । सन् २०१९ को अन्तिम रात बिताउन इलाम बजार पुगेका विभिन्न देशका पर्यटकहरुले यसरी कहिल्यै कल्पना नगरेको फल पछि ‘एक रुपैयाँमा एक रात वास र दुई छाक खाना पाएपछि आपूmहरु आश्चार्य’मा परेको भनी प्रतिक्रिया जनाएका थिए । सो कुरो विभिन्न सञ्चारमाध्ममा आएको थियो । ती पर्यटकहरुले ‘एक रुपैयाँमा एक रात वास र दुई छाक खाना खान पाएपछि आपूmहरु आश्चार्य’मा मात्रै नपरेर आप्mनो देश फर्केपछि इलामको मात्रै नभएर समग्र नेपालको पर्यटन र नेपाली पर्यटन व्यवसायीहरुका सम्बन्धमा सकारात्मक ढंगले प्रचारप्रसार गर्ने बताएका थिए । यसरी हेर्दा सानो होस्, वा ठूलो, सकारात्मक काम–कुरोले हरेक मान्छेलाई सकारात्मक बनाउँछ भन्ने उदाहरण त्यो वेला इलामका होटल व्यवसायीहरुको कामले देखाएको थियो । अहिले पनि निकट भविश्यमै सन् २०२३ (आज यो लेख पठाएको दिन ३१ डिसेम्बर सन् २०२३ हो) विदा भएर सन् २०२४ आउँदै छ । त्यसैले सायद यो वर्षको नयाँ वर्षको अवसरमा पनि नेपालका पर्यटनसँग सम्बन्धित व्यवसायीहरु जस्तै ट्रेकिङ एजेन्सी, टुर तथा ट्राभल एजेन्सी, तारे होटेल तथा पर्यटकस्तरीय होटल, कटेज, सामान्य होटेल, गेस्ट हाउस, होमस्टे, रेस्टुरेन्ट, पब, बार, डिस्को, ड्रिङ्क सेन्टर आदिका साथै र्याप्mिटङ एजेन्सी, हवाई यातायात कम्पनी लगायत पर्यटन व्यवसायीले सन् २०२४ को पहिलो दिन नेपालमा भ्रमण गर्न आई पुगेका विदेशी पर्यटकलाई अतिरिक्त सेवा, सुविधा, सहुलियत र छुटहरु दिएर सरप्राईज देलान् भन्ने आशा गरौं । किनभने सन् २०१९ को डिसेम्बर अन्तिम ताका सुरु भएको कोरोना महामारी (कोभिड–१९) पछि विगत तीन वर्षसम्म नेपाली पर्यटनमा ‘डाउन फल’को अवस्था थियो । संयोग कस्तो भने यो वर्ष चाहिँ लगभग सन् २०१९ को हाराहारी (सन् २०२३ मा एक दिन बाँकी रहँदै १० लाख आठ हजार विदेशी पर्यटकहरु आई सकेका छन्) कै संख्यामा पुग्दैछ । त्यसेले यो वर्ष नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यालाई हामीले राम्रो मान्नुपर्ने हुन्छ राम्रो भन्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय