
निनाम लोवत्ती- नेपाल लगायत अन्य भू–परिवेष्ठित देशहरुमा घुम्न जानका लागि कुनै पनि देशका पर्यटकका लागि गन्तव्यमा पुग्नका लागि पहिलो प्राथमिकता भनेको हवाई सेवा अर्थात् हवाई यातायात नै रहेको छ । जबकि विदेशी पर्यटकका लागि यात्रा गर्न कम खर्चिलो अर्थात् सस्तो माध्यम भनेको समुन्द्री (पानी हजाज) यात्रा हो । त्यस्तै गरेर विदेशी पर्यटकका लागि सस्तो यात्रा गर्ने उत्तम विकल्प सडक यातायातको प्रयोग पनि एक रहेको छ । तर खर्चका हिसावले यात्रा गर्नका लागि कम खर्चिलो भए तापनि समुन्द्री (पानी हजाज) यात्रा र सडक यातायातको प्रयोग गर्दा धेरै समय लाग्ने गर्छ । जसले गर्दा अहिलेको जस्तो बेफुर्सदिलो समयमा धेरै जसो पर्यटकको रोजाईमा कम खर्चिलो भए तापनि समुन्द्री (पानी हजाज) यात्रा र सडक यातायातभन्दा पनि हवाई यातायात प्रयोग गर्दै आएका छन् ।
वास्तविकता यस्तो भए तापनि अहिलेसम्म नेपालले विश्वमा रहेका धेरैभन्दा धेरै देशसँग हवाई यातायातको मार्ग नै खोल्न सकेको छैन । हुनत यसो भनी रहँदा हामीले के थाहा पाउनु पर्छ भने हालसम्म नेपाल सरकारले विश्वका ४१ देशसँग हवाई सेवा सञ्चालन गर्नका लागि सम्झौता गरेको छ । स्मरणीय छ, कुनै पनि देशसँग त्यसरी हवाई उडान अथवा भनौं हवाई सेवा सञ्चालन गर्न सम्झौता गरेपछि ती देशका वायु सेवा कम्पनहरुले बिना रोकटोक उडान गर्न पाउँछन् । बिडम्बना के छ भने हाल नेपालको केही हवाई सेवा कम्पनीले विश्वका ११ देशमा मात्रै उडान गरिरहेको अवस्था छ । हवाई सेवाका लागि सम्झौता भएका बाँकी ३० देशमा कहिलेदेखि नेपाली हवाई सेवा कम्पनीहरुले उडान गर्ने/भर्ने हुन् ? यसै भन्न सकिने अवस्था रहेन ।
हुनत विसं २०७३ ताका (चौधौं योजनामा) नै नेपालको वार्षिक हवाई यात्रु क्षमता वार्षिक ८० लाख पुर्याउने भन्ने नेपाल सरकारको लक्ष्य रहेको थियो । त्यो वेला नेपालमा वार्षिक ३६ लाख यात्रु क्षमता रहेको थियो । त्यसो भए तापनि ३२ लाख हवाई यात्रु क्षमता मात्रै उपयोग गर्न सकेको अवस्था थियो । त्यो वेला नेपालमा विभिन्न देशका २७ वटा हवाई कम्पनीले उडान गर्थे । सन् २०१९ अन्तिम ताका चीनबाट फैलन सुरु भएको महामारी नोभेलकोरोना भाईरसका कारण अहिले ती २७ वटा हवाई सेवा कम्पनीमध्ये अधिकांंशले नेपालमा उडान गर्न छाडेका छन् । फलतः अहिले चाहिँ लगभग १३ वटा विदेशी हवाई सेवा कम्पनीले मात्रै नेपालमा उडान गर्दै आएका छन् । त्यसमा पनि भारतीय हवाई सेवा कम्पनीहरु मात्रै चार वटा रहेका छन् । त्यस्तै गरेर नेपाली हवाई सेवा कम्पनीहरुमध्ये नेपाल वायुसेवा निगम (नेवानी), हिमालय एयरलाईन्स (हिए) र बुद्ध एयरले (बुद्ध एयरले भारतको वनारसमा) अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको छ ।
लगभग तीन वर्षअघि (वसं २०७७ पुसमा) रातोपाटी अनलाइनमा आएको एक समाचारअनुसार विभिन्न देशबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुहरुको संख्या विगत वर्षहरुको तुलनामा धेरै ठूलो संख्याले घटेको थियो । त्यो समयमा रातोपाटी अनलाइनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उद्यृत गर्दै छापेको समाचारअनुसार ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सन् २०१९ मा ४१ लाख ३८ हजार अन्तर्राष्ट्रिय हवाई यात्रुहरुले यात्रा गरेका थिए भने, सन् २०२० मा १० लाख ३९ हजार अन्तर्राष्ट्रिय हवाई यात्रुहरुले मात्रै यात्रा गरेका थिए ।’ त्यस्तै सो समाचारमा जनाईएअनुसार ‘सन् २०१९ मा ३१ लाख ८८ हजार आन्तरिक हवाई यात्रुहरुले यात्रा गरेका थिए भने, सन् २०२० मा १० लाख ३० हजार आन्तरिक हवाई यात्रुहरुले मात्रै यात्रा गरेका थिए ।’ यसरी सन् २०१९ को तुलनामा सन् २०२० मा आन्तरिक हवाई यात्रुहरुले गरेको यात्रा संख्यालाई आधार मान्दा सन् २०१९ को तुलनामा २०२० मा लगभग ६५ प्रतिशतले कमी रहेको थियो । नेपाल आउने विदेशी हवाई यात्रुहरु घटेपछि तस्वाभावैले नेपाली हवाई सेवा कम्पनीका सञ्चालकहरुको कमाईमा धेरै ठूलो पैमानामा चुना लागेको थियो । त्यस्तै गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणको आमदानीमा पनि कमी आयो । त्यसका साथै नेपालका समग्र पर्यटन उद्योगी–व्यवसायीहरुको हालत पनि बहुतै खराब भएको थियो । हुन पनि नेपाल नागरिक उड्डयन प्राधिकरणको आमदानी भनेकै विभिन्न देशका हवाई सेवा कम्पनीका हवाई जहाजहरुले गर्ने नियमित उडानवापत लिईने चार्ज, नेपालकै हवाई सेवा तथा हेलीकप्टर सेवा कम्पनीहरुलाई उडान अनुमति दिएवापत लिने शुल्क, रुट परमिट, ग्रान्ड ह्यान्डलिङ, पार्किङ स्पेसको शुल्क, अन्य भई परि आउने जरिवानामा, अन्य सेवा र सुविधा दिए वापत प्राप्त हुने आमदानी हो । त्यसरी प्राप्त हुने आमदानीमा नागरिक उड्डयन प्राधिकरणलाई आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आर्थिक वर्ष २०७६÷०७७ मा लगभग ६४ प्रतिशतले कमी आएको थियो । हुनत सन् २०२० मा अपवादको रुपमा नेपालमा मात्रै एक्कासी अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई यात्रु घटेको नभएर विश्वभरिकै हवाई सेवा कम्पनीहरुको अवस्था उस्तै रहेको थियो । त्यसको मुख्य कारण भनेको सन् २०१९ को अन्त्यतिर चीनको दक्षिण–पूर्वी राज्य हुपेईको राजधानी वुहानबाट पैmलन सुरु भएको ‘नोभेलकोरोना भाइरस’ (कोभिड–१९) रहेको थियो । सन् २०२० मा नेपालले ठूलो संख्यामा आन्तरिक यात्रुका साथै अन्तर्राष्ट्रिय हवाई यात्रु गुमाउनु परेको थियो । त्यसका साथै आमादानीको स्रोत गुमाउनु परेको थियो । सो घटनाको पीडा पछि (अहिले) सम्म सहनु परिरहेको छ ।
त्यसमाथि युरोपियन युनियनसम्बद्घ देशहरुको हवाई संगठन ‘युरोपियन उड्डयन आयोग’ले पछिल्लोपटक नेपालले हवाई सेवा क्षेत्रमा गरेको सुरक्षात्मक प्रवन्ध र हवाई सुरक्षा क्षेत्रमा गरिनुपर्ने सुधार प्रक्रियामा आझै पनि चित्त बुज्दो ढंगले सुधार नगरेको ! भन्दै लगभग ११ वर्षदेखि लगाई रहेको प्रतिवन्ध अर्थात् ‘ब्लाक लिस्टको पोलिटिक्स !’ पनि जारी नै राखेको छ । त्यसले गर्दा पनि नेपाली पर्यटन प्रवद्र्धनमा विदेशी पर्यटक आगमनमा धक्का लागी रहेको स्थिति विद्यमान छ । तर सन् सन् २०२३÷०२४ देखि चाहिँ अन्तर्राष्ट्रिय हवाई सेवा क्षेत्रमा नेपालीहरुका लागि केही न केही उन्नति–प्रगति होला भनी आशा गर्ने ठाऊँ रहेको छ । किनभने गत वर्ष थप देशहरु अष्टे्रलिया, अमेरिका, इन्डोनसिया, न्युजिल्यान्ड, लाओस आदिसँग पनि हवाई उडान सम्बन्धी सम्झौता भएका छन् । त्यसैले नेपाल भ्रमण गर्न चाहने विदेशी पर्यटकको संख्या पनि अपेक्षित रुपमा बढ्दै जालान् ! भनी आशा गर्न सकिन्छ । त्यस्तै गरेर युरोपियन युनियन सम्बद्ध देशहरुको चासोलाई सम्बोधन गर्न नेपाल सरकारले केही वर्षअघि नै नेपालको समग्र हवाई सुरक्षा सम्बन्धी विधेयक संसदमा पेश गरी सकेको छ । तर नेपालको हवाई सुरक्षा नीति परिमार्जनका लागि संसदमा विधेयक पेश भएको भए तापनि संसदबाट पारित हुन अभैm कति वर्ष लाग्ने हो ? यसै भन्न सक्ने अवस्था रहेन ।
खासमा ‘इन्टरनेसनल सिभिल एभिएसन अर्गनाइजेसन’ (आईकाओ) ले नेपालको हवाई सुरक्षा स्थिति औसतमा राम्रो (६० प्रतिशतभन्दा माथि) भनी दुई–दुई पटक प्रतिवेदन आईकाओको हेड क्वाटैरमा बुझाई सकेको अवस्थामा पनि युरोपियन युनियन मातहत रहेको देशहरुको ‘युरोपियन हवाई उड्डयन आयोग’ले सन् २०१३ देखि आफ्नो आकाशमाथि नेपाली वायु सेवा कम्पनीहरुको हवाई जहाजलाई उडान गर्न लगाउँदै आएको अस्थाई प्रतिवन्ध अर्थात् ‘ब्ल्याक लिस्ट’को राजनीति पटक–पटक (६–६ महिना) गर्दै थप्दै आएकोले गर्दा पनि नेपालमा हवाई यात्रुहरु अपेक्षित रुपमा थपिन सकेका छैनन् ।