शेर्पा संघ दक्षिण कोरियाको महाधिवेशन हुँदै

गेल्छिरी शेर्पा  कोरिया । दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरियाले यही सिप्टेम्बर २० तारिख चाैथाै महाधिवेशन गर्ने भएको छ । सस्थाको सल्लाकार तथा केन्द्रिय सदस्यहरुको अनलाईन बैठकले कोरियाको छुसक बिदाको अवसरमा महाधिवेशन गर्न लागेको सस्थाको महासचिब थुतुङ गेल्जी शेर्पाले हिमाली सन्देशलाई जनाएको छ ।

कोभिड १९ को प्रभाव अझै नरोकिएकोले गर्दा कोरियन सरकारको निर्देशन अनुसार प्रत्यक्ष भेला तथा सम्मेलन गर्न बन्देज रहेकोले जुम भर्चुअल मार्फत अधिवेशन गर्न लागेको अध्यक्ष पासाङ शेर्पाले बताए ।

उनले थपे दक्षिण कोरियामा रहेको सम्पूर्ण शेर्पा दाजुभाइ तथा दिदीबहिनीहरुमा गरिमय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु ।

प्रकाशित मिति २३ भाद्र २०७८, बुधबार १७:१४

सम्बन्धित समाचारहरु