गेल्छिरी शेर्पा सउल, शेर्पा संघ दक्षिण कोरियाको छैटौँ  महाधिवेशन यही अक्टोबर ५ तारिख हुने भएको छ । २०२५ अगस्ट ३० मा संस्थाको सल्लाहकार तथा कार्यसमितिको अनलाइन बैठकले कोरियाको छुसक बिदाको अवसरमा छैटौँ  महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष दोर्ची शेर्पाले हिमाली सन्देशलाई बताए ।

बैठकले उक्त निर्णयसँगै संघको आगामी महाधिवेशनको लागि संस्थाको सल्लाहकार युगेल तेन्डुप शेर्पाको संयोजकत्व मा पाँच सदस्यीय निर्वाचन मण्डल गठन गरेको छ। समितिले संघको विधानमा रहेर महाधिवेशनमा नयाँ कार्यसमिति छनोट स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट सम्पन्न गर्न  भूमिका खेल्ने बताए ।

अक्टोबर ५ तारिख 03114 서울시 종로구 숭인동 316-2 금강발덩 2F मा हुने महाधिवेशनमा दक्षिण कोरियामा रहेको सम्पूर्ण शेर्पा दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिको लागि अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय