
काठमाडौँ – गायक छोङ्बा शेर्पा र गायीका ल्हामु शेर्पाको स्वरमा लोसार सम्बन्धी नयाँ गीत ‘टासी लोसार’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कर्म शेर्पाको निर्देशन, सोनाम जे शेर्पाको कम्पोजमा तयार भएको म्युजिक भिडियोमा लामो समय शेर्पा भाषा पत्रकारिता गरेको शेर्पा भाषा पत्रकार नुरु छेपाल शेर्पाको शब्द रहेको छ भने ल्हाक्पा शेर्पा, छोङ्बा शेर्पा, कुङ्गा शेर्पा, दासाङ्गमु शेर्पा र आङ फुली शेर्पाको अभिनय रहेको छ।
म्युजिक भिडियोमा गोराखानी सेवा समाजको सेब्रु कलाकारहरुको समेत प्रस्तुति रहेको छ।