हिमाली सन्देश डटकम सन् २०१५ मा स्थापना गरिएको एक विश्वसनीय अनलाइन समाचार पोर्टल हो। हिमाली भेगका विविध गतिविधि, समाचार, संस्कृति तथा समुदायका आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यका साथ यसको सञ्चालन गरिएको हो।
यस अनलाइन पत्रिकाले विशेष रूपमा हिमाली क्षेत्रका भाषा, कला, संस्कृति, भेषभूषा, रहनसहन, चालचलन, पर्यटन, सामाजिक गतिविधि, शिक्षा, स्वास्थ्य, विकास तथा समसामयिक घटनाक्रम लाई प्राथमिकताका साथ प्रकाशन गर्दै आएको छ।
हिमाली समुदायको पहिचान, मौलिकता र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै सत्य, निष्पक्ष र विश्वसनीय समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। साथै, हिमाली क्षेत्रको पर्यटन, सम्भावना र स्थानीय प्रतिभालाई विश्वसामु चिनाउने प्रतिबद्धताका साथ हिमाली सन्देश डटकम निरन्तर क्रियाशील रहेको छ।
हाम्रो टिम