हिमाली सन्देश ।“उच्च शिक्षामा अग्रसरता, निजामती क्षेत्रमा व्यापक सहभागिता” नारासहित नेपाल शेर्पा विधार्थी संघको १४ औं ऐतिहासिक राष्ट्रिय महाधिवेशन काठमाण्डौस्थित शेर्पा सेवा केन्द्र बौद्ध टुसालमा चैत १० गते हुने भएको छ।

यस महाधिवेशनका लागि शेर्पा विधार्थी संघको मातहतमा गठन भई कार्य अवधि पुरा भएका जिल्ला कार्य समितिहरुको अधिवेशन, जिल्ला कमिटी गठन, विश्वविधालय ईकाइ तथा क्याम्पस ईकाइहरुको अधिवेशन सम्पन्न गरि प्रतिवेदन पेश गर्न गर्ने कार्य भई रहेको १४ औं राष्ट्रिय महाधिवेशन मूल आयोजक कमिटीका सचिव फूर्वा छिरीङ शेर्पाले बताए। यसै सन्दर्भमा सम्पूर्ण विधार्थीहरु माझ एक आपसमा सम्पर्क कायम राख्दै आफ्नो उत्थानका साथै हकहित संरक्षणका लागि एकजुट भएर उक्त राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउन संघका कार्यवाहक अध्यक्ष छिरिङ्ग शेर्पाले देशै भरिका सम्पूर्ण विधार्थी वर्गलाई हार्दिक अनुरोध गरेका छन् ।

२०५० सालमा आफ्नो परम्परा, भाषा, संस्कृति तथा रितिरिवाजहरुको संरक्षण एवं सम्वर्द्धन गर्नुका साथै आधुनिक शिक्षामा विधार्थीहरुलाई अग्रसर गराई उनीहरुको चौतर्फी ज्ञान क्षमता विकास गराउने उद्देश्यले निमा ग्याल्जेन शेर्पाको अध्यक्षतामा स्थापना भएको सस्थाले ३० वर्ष पुरा गरेको छ

अध्यक्षमा दुई छिरिङ्गकाे दाबी

नेपाल शेर्पा विधार्थी संघका कार्यवाहक अध्यक्ष छिरिङ्ग शेर्पा र संघको सचिव फूर्वा छिरीङ शेर्पाले आगामी कार्यकालको नेतृत्वको लागि दाबी पेश गरि सकेको छ।
अध्यक्ष पदको प्रत्याशी सिन्धुपाल्चोकका छिरिङ्ग शेर्पा नेपाल शेर्पा विद्यार्थी संघ १४ औं राष्ट्रिय महाधिवेशन मुल आयाेजक कमिटि सह-संयाेजक एवं संगठन विस्तार प्रमुख शेर्पा नेपाल शेर्पा विधार्थी संघमा सदस्य , सचिव हुँदै उपाध्यक्ष भई तीन कार्यकाल निरन्तर रुपमा सस्थामा रहेको र पछिलो समय कार्यवाहक अध्यक्ष समेत सस्थालाई नेतृत्व गरिरहेको छ।

अर्को अध्यक्ष पदको प्रत्याशी फूर्वा छिरीङ शेर्पा रामेछापको स्थायी बासिन्दा हुन् । १४ औं राष्ट्रिय महाधिवेशन मूल आयोजक कमिटीका सचिव समेत रहेको शेर्पा उपत्यका भित्र, काठमाडौको मुटुमा रहेको र विधार्थी आन्दोलनको मुल प्रवाहमा सह्भागी हुने पिपल्स क्याम्पसमा २०७९ चैत्र ५ गते स्वतन्त्र विधार्थी युनियनको निर्वाचनमा सचिब पदमा भारी मतले जित्न सफल हुने शेर्पा समुदाय बाट एक मात्र शेर्पा विधार्थी हुनुहुन्छ ।

स्नातकोत्तर (मास्टर) गर्दै गरेको शेर्पा क्याम्पस टपर समेत रहेका छन । शेर्पा विधार्थी संघलाई सचिकै नै विधार्थी संघ जसरी नेतृत्व दिन र सबैको नेतृत्व हेरियो, अब आफ्नु नेतृत्व पनि शेर्पा विधार्थीहरुले हेर्न चाहेको जनभावनालाई कदर गर्दै यो पटक केन्द्रिय अध्यक्षको दाबी गरेको उहाले बताउनु भयो ।

सम्पूर्ण शेर्पा विधार्थीहरुको नेतृत्व गर्ने अभिलाषा बोकेर उमेद्वारी प्रस्तुत गरिसकेका स्पष्ट वक्ता, शेर्पा समुदायको भविस्यको राम्रो नेताको सम्बवाना भएको दुवै अध्यक्ष पदको प्रत्याशीलाई हिमाली सन्देसको तर्फा बाट अग्रिम शुभकामना

 

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय