सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ८ केरुङको एक घरमा आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ ।

मंगलबार बिहान अन्दाजी ४ बजे स्थानीय आङ ङिमा शेर्पाको ढुंगा, माटोले बनेको र टिनको छानो भएको ३ तले घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक रामचन्द्र शाहका अनुसार आगलागीबाट घर सहित भित्र रहेका ६ तोला सुन, ५० तोला चाँदी जलेर नष्ट भएको छ । घर पुर्ण रुपमा जलेर नष्ट भएपछि करिब ४ घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन् ।

 

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय