‘स्यरखुम्बुकी सम्दिनी’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ – गायक सोनाम शेर्पा (कोसिस) शेर्पा गायिका कुन्जङ छोपेल शेर्पाको ‘स्यारखुम्बुकी सम्दिनी’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौँमा एक कार्यक्रमका बीच ‘स्यारखुम्बुकी सम्दिनी’ म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । गायक गायक सोनाम शेर्पा (कोसिस)को शब्द, संगीत रहेको म्यूजिक भिडियोमा एरेन्ज जोग्लाल लामाको रहेको छ ।

डान्सिङ स्टार्स नेपालकी विजेता छिरिङ डोमा शेर्पाको साथमा दावा मिङमार शेर्पा र अन्य शेर्पा कलाकारहरुको अभिनय रहेको भिडियोमा शेर्पा समुदायको भेषभुषालाई देखाइएको छ ।

म्युजिक भिडियो सोनाम शेर्पा (कोसिस) अफिसियल यूट्युब च्यानल मार्फत बजारमा आएको छ ।

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय