सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया विशुद्ध सामाजिक सेवाको उद्देश्य राखि सन् २००३ मा स्थापना भएको एक सामाजिक सेवामुखी संस्था हो । कोरियामा रहेका हरेक सोलुखुम्बुवासीहरुको दुःख सुख र आपत विपत्मा सारथी बन्दै अभिभावकत्वको भुमिका निर्वाह गर्दै हाल कोरियामा रहेका हरेक संघ संस्थाहरुसंग सहकार्य गर्दै समाजिक कार्यमा अग्रसर रहदै कोरियामा रहेका सोलुखुम्बुवासीहरुको बृहत् हित र समाज सेवामा काम गर्दै आएको छ ।

यस संस्थाको स्थापना सन् २००३ मा सोलुखुम्बु जिल्ला थुलुङ दुधकोशी गाउँपालिका नेले निवासी श्री उत्तम गुरुङको अध्यक्षतामा सोलुखुम्बु सम्पर्क समिति दक्षिण कोरियाको नामाकरण गरि स्थापना भएको सामाजिक संस्था हो । यस संस्थाको नाम सन् २०१७ मा बनेको तुलामान राई (टि.आर. खालिङ) को अध्यक्षतामा बनेको आठौं कार्यसमितिले बृहत् छलफल गरि विधान सम्बत् सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया भनि पुनः नामकरण गरेको हो ।

सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाका कार्यसमितिले हालसम्म गरेका सामाजिक कार्य तथा संक्षिप्त गतिविधिहरु यस प्रकार छन्ः

१) अध्यक्ष उत्तम गुरुङको अध्यक्षतामा सन् २००३ देखि २०११ सम्म चौथों कार्यकाल उहाँकै नेतृत्वमा विभिन्न उतारचढावहरु झेल्दै कोरियामा सोलुखुम्बुवासीहरुको एकदम कम जनसंख्या रहेको त्यस बखत मासिक तलब कम रहेको अवस्थामा समेत संस्थालाई सामाजिक कार्यमा अग्रसर गराउदै सन् २००७ मा नेपालबाट ख्याति प्राप्त कलाकारहरुलाई कोरिया निमन्त्रणा गरि पहिलो ‘सोलुखुम्बु सांस्कृतिक कार्यक्रम’ भब्यताका साथ सम्पन्न गर्दै पुन सन् २०११ मा कोरियाको चाड सालनालमा नेपाली ख्याति प्राप्त कलाकारहरु कोरिया निमन्त्रणा गरि “सगरमाथा सांगीतिक कार्यक्रम” गर्न सफल भएको थियो । यस ८ वर्षको अवधिमा धेरै सामाजिक कार्यहरु गर्दै संस्थालाई आर्थिक मजबुत समेत त्यस कार्यसमितिले बनाएको थियो ।

२) सन् २०११ को अन्ततिर आन्सान भेलाले महेन्द्र गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरि सन् २०१४ को अन्तसम्म पाचौँ कार्यसमितिको नेतृत्वमा संस्था अगाडि बढेको थियो । उक्त महेन्द्र गुरुङको अध्यक्षतामा रहेको कार्यसमितिले सोलुखुम्बु जिल्लाका ३४ वटै साविकका गा.वि.स. का जनस्वास्थ्य केन्द्र(हेल्प पोष्ट) लाई मध्य नजर गरि बिरामीलाई बोक्ने स्टेचर वितरण गरेको थियो ।

३) प्रकाश राईको अध्यक्षतामा छैटौं र सातौ २ कार्यकाल सन् २०१४ देखि सन् २०१७ सालनाल सम्मको अवधिमा प्रकाश राईको अध्यक्षतामा रहेको कार्यसमितिले वि.सं. २०७२ सालको महाभुकम्प पीडितहरुलाई सहयोगको लागी संस्थाबाट आर्थिक संकलन गरि रकम सोलुखुम्बु जिल्लाको अति प्रभावित विद्यालय माप्य दुधकोशी गा पा ६ स्थित सागरमाथा मा वि र सोताङ गा पा २ स्थित मदन आश्रित स्कुल र थुलुङ दुधकोशी गा पा ८ रनेमको स्कुललाई पुर्ननिर्माणको लागी आर्थिक हस्तान्तरण गरेको थियो ।

४) सन् २०१७ मा तुलामान राईको (टि. आर. खालिङ) को अध्यक्षतामा आठौं कार्यसमिति चयन भइ कोरियामा नेपालीहरुलाई विभिन्न आपद विपद, समस्या पर्दा बस्नका लागि सेल्टर स्थापना गर्न संस्थाद्धारा नेपाली चलचित्र घामपानी सउल र थेगुमा प्रदर्शन गरेर आर्थिक संकलन गरि सेल्टरको खर्च व्यवस्थापन गरेको थियो भने सन् २०१८ मा कोरियनहरुको चाड सलनालमा नेपाली ख्यातिप्राप्त कलाकारहरुको विशेष उपस्थितिमा सउलमा ‘एभरेष्ट म्युजिकल कन्सटर्’ कार्यक्रमको आयोना गरि सोलुखुम्बु जिल्लामा स्वास्थ्य सेवामा टेवा पुगोस् भन्ने उद्देश्यका साथ एम्बुलेन्स खरिद गरि अर्को नवौं कार्यसमितिद्वारा हस्तान्तरण गरेको थियो ।


५) सन् २०१८ डिसेम्बर ३० तारिखका दिन श्री विशन राईको अध्यक्षतामा नवौं कार्यसमिति चयन भई यस कार्यसमितिले कोरोनाले विश्वलाई आक्रान्त पारिरहेको अवस्थामा देशमा स्वास्थ सामग्री अभाव रहेको अवस्थामा कोरियामा आर्थिक अभियान संञ्चान गरि सोलुखुम्बु जिल्लाका ८ वटै स्थानीय सरकार (१ नगर पालिका र ७ गाउँपालिका) लाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । साथै क्षेत्रगत आवश्यकता अनुसार जिल्लाका केही हस्पिटल तथा स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरणहरु उपलब्ध गराएको थियो ।

६) सन् २०२१ डिसेम्बर ५ तारिख राजु राईको अध्यक्षतामा बनेको वर्तमान कार्यसमितिले सोलुखुम्बु सेवा समाज द. कोरियाको नाममा संस्थाको आधिकारिक वेबसाइट (ध्भदकष्तभ) बनाई संस्थाले गरेका गतिविधिहरु त्यस मार्फत सुचित गराउने कार्य सपन्न गरेको छ । र सोलुखुम्बु जिल्लादेखि विभिन्न माध्यमबाट कोरिया प्रवेश गरेका व्यावसायिक, विद्यार्थी, ई.पि.एस., पारिवारिक, र अरु भिसा भएका कोरियामा रहेका सोलुखुम्बुवासीहरुको तथ्यांक संकलन सम्पन्न गरेको छ भने नयाँ कोरिया प्रवेश गर्नेहरुको तथ्याङ्क थप गर्ने क्रम निरन्तर जारी रहने छ ।

साथै सगरमाथा दिवस २०७९ को अवसरमा सोलुखुम्बु जिल्ला भित्रका जुनसुकै देशमा रहेका हरेक ब्यक्तिले सहभागी हुन सक्ने गरि सोलुखुम्बुको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्य सहित सोलुखुम्बु जिल्ला भित्रका धार्मिक, संस्कृतिक, ऐतिहासिक, पहिचानात्मक, पर्यटकीय स्थानहरुको बारेमा खुल्ला अनलाइन लेख तथा रचनाको कार्यक्रम सपन्न गरि प्रतिनिधि सभा सदस्य सोलुखुम्बुका माननीय हेमकुमार राई ज्यूको प्रमुख अतिथ्यतामा पर्यटन क्षेत्रमा योगदान गरिसक्नु भएका ब्यक्तित्व, सोलुखुम्बु सेवा समाजका पुर्व अध्यक्ष साथै पुर्व कार्यसमितिहरु लगायत सोलुखुम्बुवासीहरुको उपस्थितिमा पुरस्कार वितरण कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।


साथै सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको २०औं स्थापना दिवसको अवसर पारी सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको स्मारिका प्रकाशनको गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय