काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले आसन्न महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार बनाउनेबारे छलफल चलिरहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा महाधिवेशनलक्षित सम्पर्क कार्यालय शुभारम्भ गर्दै नेता सिंहले साझा उम्मेदवार बनाउनेबारे आज पनि छलफल हुने जानकारी दिएका हुन् ।

‘साझा उम्मेदवार बनाउन साथीहरूसँग छलफल चलिरहेको छ, हिजो कुनै सहमति नभएकाले आज फेरि छलफल हुन्छ, हाम्रो कोशिश चलिरहेको छ,’ उनले भने ।

नेता सिंहले सिंहदरबार अगाडिको यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय खोलेका हुन् ।
लोकान्तर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय