बाहिर फुसफुस हिँउ परिरहेको छ । कोरियाको ख्वाङजुमा अईले माईनस ९डिग्री चिसो छ।अरुबेला कलम समाउन आनाकानी गर्ने कठाङग्रिएका यि औलाहरुले बलियो गरि कलम समाएका छन।खै एति चिसोमा पनि किन तात्तिएँ हुँला ऑफैलाई प्रश्न गरिरहेको छु। म मात्रै होईन संसारभरीका बिदेसिएका तातिरहेका रहेछन।बरु म पो ढिलो भँए कि भन्ने आभाष भैरहेको छ।शुभकार्यमा किन ढिलो गर्ने भनेर सामाजिक अभियन्ता तथा पत्रकार गुरुदत्त न्यौपाने भाईलाई मेसेज गरेर राष्ट्रीय आविष्कार केन्द्रलाई एक थोपा सकेको सहयोग गर्न मन लायो।१७६रोलनंवर ऑउदाको कुरा हो उनको र मेरो कुरा हुदॉहुदै म १९३ नंवरमा परे।कोरियामा रहेर पसिना बगाईरहेका तमाम नौजवान युवायुवतीको देस प्रेम देखेर गर्वले ढक्क छाति फुल्यो।अईले सम्म नेपाली नौलाख रुपैया जम्मा भयो भन्ने खवरले देसभक्तिको भावना आम कोरियाबसि नेपालीहरुमा तरङ्गित भैरहेको छ भनेर खुसि लायो ।

म्याग्सेसे पुरस्कार बिजेता डा.माहाबिर पुनले सामाजिक संजालमा मार्मिक स्टाटस लेख्नुभयो।केहि शव्दमा उँहाले ऑफुले ग्रामिण पर्यटन लगायत नेपाली युवाहरुले गरेका आविष्कारको बजारीकरण गर्न कारखाना खोल्नको लागि रकम आवश्यक परेको कुरा उल्लेख गर्नुभयो।सो प्रयोजनको लागि नेपाल सरकार बैङ्क र बित्तिय संस्थाहरुसँग ऑफुले हारगुहार गरेको तर ऋण समेत नपाएको यथार्थ कुरा गर्नुभयो।यो जस्तो राष्ट्रीय लाजको पसारो के होला ? आजित भएर उँहाले बिदेसमा भएका नेपाली सँग ४%ब्याज दरमा ऋण माग्नु भयो।ख्याति प्राप्त एउटा राष्ट्रीय बिभुतिको यो हालत छ भने अरु सर्वसाधरणको के हालत होला?त्यसै नेपाली युवायुवती परदेसिएका छैनन।देसकोलागि केहि गर्छु भन्दा हाम्रो राज्यसंयन्त्रले किन सहयोग गर्दैन?

माहाबिरको मनै छुने हृदयबिदारक स्टाटसले उस्तै बाध्यता र विवसताको भुमरीमा परेर मातृभुमि र परिवार छोडन बाध्य भएका बिदेसमा रहेका नेपालीको मुटुमा चसक्कै बिझायो।मुटभरी देसभक्तिको अपार मॉया भएका,बिदेसमा झिलीमिली बिकास देखेका नेपालीहरुले केवल परिवारमात्रै संझेका छैनन।देसको बिकास भएमात्र ऑफुले पाएको बाउन्न हण्डर त्रिपन्न ठक्कर भावि पुस्ताले पाउनी थिएनन भन्ने कुरा राम्ररी बुझेका पनि छन। कोरियाको माईनस डिग्रीको तापक्रममा पनि आविष्कार केन्द्रको माहाबिरको सपनालाई साकार बनाउन ऑफुसक्य सहयोगमा जुटेका छन।कठाङग्रिने यो जाडोमा पनि मन भतभती पोलिरहेको छ।आविष्कार केन्द्र जसरी पनि बनाउने मात्र नभई दिगो संचालन गरेर देसबिकासमा नागरिक स्तरबाट नमुना योग्य काम होस भन्ने हुटहुटी बढिरहेको छ।

राज्य संचालकहरुलाई सराप्न त थाकिदैन।गाली गलोचका धुप हालेर थलिने त भए झन उपचारका नाममा राज्यदोहन हुनि भयो।यो त रचनात्मक अभियान हो।बिरोधका शैली परिवर्तनको एउटा नमुना पनि हो।नारा जुलुस तोडफोड गरेर दिन खेर फाल्ने होईन बरु काम गरेर केहि बनाउने हो भन्ने सन्देस हो।तँपाईको एक दिन आविष्कार केन्द्र दिनुस केन्द्रले देसलाई उद्यम र प्रविधि दिने छ।देसको बिकासमा जनता जनता सँग जोडिने पवित्र अवसर बनॉउ। अन्धकारलाई सरापेर मात्र भएन।माहाबिरले एउटा सानो दियो बाले हामिले थोपा थोपा तेल हालेर अँध्यारो हटाउन मद्त गरौ।कोरियाका पुर्वराष्ट्रपति पार्क चुङ हेजर्मन जॉदा त्यॉहा कार्यरत कोरियाली मजदुरको अवस्था देखेर भक्कनिय।उनले जसरी पनि बिकास गर्ने प्रण लिए ।बिदेसमा बसेर पैसा कमाएका नागरिकलाई पैसा र सिपलिएर आउन आव्हान गरे।नागरिकले सरकार जमानतमा दिए।आधुनिक कोरियाको बिकासको रुपरेखा यसरी तयार भएको कथा सुनेका हामि नेपाली के गर्न सक्तैनौ र?

मन पनि छ धन पनि धेरथोर छ तर अबिश्वासको ठुलो खाडल पनि छ।सरकारको त के कुरा गर्नु सामाजिक संस्थाहरुको समेत छवि राम्रो छैन।पैसा उठाउनी जस्ले उठायो उसैले दुरुपयोग गर्नि।या त्यो संस्थाको हर्ताकर्ताको माताहतमा कोष रहने,तिनका आपसी टकराव,निर्णयको बन्धक हुनुपर्ने,ढिलासुस्ति,दिनिले थोरै दिएको भएर वास्तै नगर्नि,सदुपयोग गर्निले दुरुपयोग गरिदिने बिदेसमा रहेका केहि संस्थामा यस्तो रोग लागेको समाचार पनि आईरहन्छ।अझ कतिपय राजनैतिक,भौगोलिक,जाती र धार्मिक आग्रह पुरवाग्रहको अप्रत्यक्ष किनाराका सॉचि हामि दान दिने किन बन्ने?मैले एति उठॉए भनेर जीवनभर आसनग्रहण जायज मनाजायज फाईदाको अवसर किन दिने?सामाजिक संस्था आवश्यक छन तर यिनले पनि बिद्यमान शैली परिबर्तन गर्नै पर्छ।

कोरियामा अईले चलिरहेको राष्ट्रकालागि नागरिक स्वतन्त्र राष्ट्रिय अभियान “मेरो एक दिन आबिष्कार केन्द्रका लागि”भनेर ऑफुसक्य रकम दिन आव्हान गर्ने स्वमं तँपाई हो।यॉहा कुनै बिचमा डिम्मरकेसन छैन।दिने तँपाई दानबिर हो पाउने डा.माहबिर हुन।एक सुको तलमाथि हुदैन हरेक दिनको रकम माहबिरको खातामा अटो डेबिट हुन्छ।अभियन्ता एक भाईले भने आमाको रगत खानु सरह हो नि दाई!यो अईले सम्मकै पारदर्सि नमुना दिदै छौ।सामाजिक संजालमा स्पष्ट विवरण देख्नु हुनेछ भने।सहयोग दिन khadka harikumar IBK बैंक खाता नंवर 22138861302014(कोड नंवर००३)रहेंको छ।नाम ठेगाना सहित स्लिप पठाउनुहोला।यो देस निर्माणको सानों तर महत्वपुर्ण पवित्र कार्र्यमा हातेमालो गरौ ।भविष्य तँपाई हाम्रो हातमा छ।

 

Source:hello nepal korea

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय