काठमाडौं। शेर्पा समुदायलगायत हिमाली बौद्ध धर्मावलम्बीहरूको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व ग्याल्बो लोसार सन् २०२७ मार्च ९ (वि.सं. २०८३ फागुन २५ गते) मंगलबार मनाइने भएको छ।
यस अवसरमा हिमाली भोट चन्द्र पात्रो अनुसार नयाँ वर्ष २१५४ अर्थात् अग्नि भेडा वर्ष (Female Fire Sheep Year) प्रारम्भ हुनेछ। ग्याल्बो लोसारका अवसरमा विश्व बिविन्न देशमा रहेको शेर्पा समुदायले परम्परागत पूजा, धार्मिक अनुष्ठान, सांस्कृतिक कार्यक्रम तथा आपसी शुभकामना आदानप्रदान गरी पर्व मनाउने गर्छन्।
लोसारले नयाँ वर्षको सुरुवातसँगै समुदायको मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
