१६ औं राष्ट्रिय ज्यापु दिवस तथा य: मरि पुन्हीको उपलक्ष्यमा नगद पुरस्कार, पदक तथा विशेष सम्मान वितरण कार्यक्रम राजधानीमा प्रमुख अथिति उप-प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको आथित्यमा सम्पन्न भएको छ । यसै अवसरमा कवि, गीतकार, गायक, चित्रकार, कलाकार सुरेन्द्र महर्जन ”अमर” विषेश सम्मानबाट सम्मानित हुनु भएको छ । ज्यापु संस्कृति कोषका अध्यक्ष मंगल सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रम भब्य सभ्य रूपमा उपत्यकाको परिक्रमा गरि बषन्तपुरमा गएर सभामा परिणत भएको थियो ।
हरेक बर्ष लाखौंको नेवारहरूको सहभागितामा राजधानीमा यसैगरी ज्यापु दिवस मनाउने गरिन्छ । कार्यक्रम राजधानीको वषन्तपुरमा हजारौं हजार नेवारहरूको सहभागी रहेको थियो । नेवारी भेष भुषाले सुसज्जित कार्यक्रमको रौनक नै बेग्लै देखिन्थ्यो भने नेवारी बाजागाजाका साथ र्यालीमा सहभागी नेवारहरू कार्यक्रम अवधिभर बाजागाजाबाट कार्यक्रम सुसज्जित रहेको थियोे ।
अतिथिहरू काठमाडौ महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्य, कार्यक्रम संयोजक सन्त कुमार महर्जन, युवराज दुवाल, माननीय कृष्ण गोपाल, राजभाई डकर्मी पूर्व राज्री मन्त्री तीर्थराम डंगोल, पूर्व मन्त्री पम्फा भुसाल, माननीय राजेश शाक्य, तीर्थनारायण महर्जन, माननीय दिनेश महर्जन, गोदावरी न.पा. का मेयर गजेन्द्र महर्जन, ललितपुर उप महानगर का मेयर चिरीबाबु महर्जन, भक्तपुरका मेयर सुनिल प्रजापति, किर्तिपुरका मेयर रमेश महर्जन लगायत विशिष्ट व्यक्तिहरू आदि रहेको थियोे ।
समारोहमा अन्य विद्याहरूमा ज्यापु बाल प्रतिभा पुरस्कार गुन्जन महर्जन, शिक्षामा जुजुमान महर्जन, खेलकुदमा सुनिता महर्जन र उज्ज्वल महर्जन, सांस्कृतिक/संगीतमा नरेश प्रजापति संचारमा लक्ष्मणमान डंगोल र रत्नकाजी महर्जन, कलामा मनिका डंगोल, समाजसेवामा सरिता महर्जन, सुवर्ण केसरी महर्जन, कृष्णलाल महर्जन, बाबु कृष्ण महर्जन, डा. मृगेन्द्रलाल सिंह, हरिराम जोशी, कृष्ण गोपाल श्रेष्ठ, देव नेवार, एस. पि प्रधान, सोम बहादुर श्रेष्ठ, डा. हिरामन प्रधान, जितेन्द्र लाल श्रेष्ठ ”रसिक” रत्नकेशरी प्रजापति, रत्नकाजी महर्जन, भाईराजा महर्जन, ज्ञानमाया महर्जन, जोगलाल महर्जन, नारायणकृष्ण महर्जन, बुद्धि बहादुर महर्जन, तुल्सी बहादुर घवा: पुर्णमान महर्जन र तिर्थनारायण महर्जन आदिलाई नगद पुरस्कार, पदक र विशेष सम्मानबाट सम्मान गरिएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2026 Himali sandesh