शेर्पा किदुक साइप्रसको आयोजनामा हिमाली बौद्ध धर्मावलम्बीहरूको महान पर्व २१५२औं सिंङ मो डुल ल्हो ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा वृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ

संस्थाले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको कार्यक्रम यस वर्ष २०२५ मार्च ९ तारिक आइतबार नियोफिएस्टा हल कातो पोलो मिडिया लिमासोलमा हुने र कार्यक्रममा जर्मन बाट आमन्त्रित कलाकार गायक आङ तेन्जी शेर्पाको साथमा स्थानीय कलाकारहरूको बिजोड प्रस्तुति साथै शेर्पाहरुको मौलिक नृत्य श्यब्रु लगायत विविध कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ

शेर्पा किदुक साइप्रसले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत विज्ञप्ति जारी गर्दै साइप्रसमा रहनुभएको सम्पूर्ण साइप्रस बासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा समेत गरेको छ ।

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय