
कोरियान नयाँ वर्ष सलनाल सँगै शेर्पा सङ्घ दक्षिण कोरियाद्वारा नेपालीहरूको राष्ट्रिय चाड तथा हिमाली बौद्धमार्गीहरूको राष्ट्रिय महान चाड २१५२ औं स्यिङ मो डुल् लो ग्याल्पो ल्होसार सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।
जनवरी २९ मा ‘शेर्पा समुदायको मौलिक भाषा धर्म र संस्कृतिलाई संवर्द्धन तथा प्रवर्द्धन गरौँ समाजिक मूल्य र मान्यतामा आधारित सभ्य र शान्तिपूर्ण समाज निर्माण गरौँ’ भन्ने नाराका साथ ग्याल्पो ल्होसार मनाउन लागिएको अध्यक्ष दोर्ची शेर्पाले जानकारी दिनुभयो।
साथै ल्होसारको तिथि परिवर्तनको बारेमा हिमाली सन्देशले राखेको जिज्ञासामा अध्यक्ष शेर्पा भने “भौगोलिक रुपमा टाडा टाडा छरिएर थोरै सङ्ख्यामा रहेको सम्पूर्ण शेर्पाहरु लाई सांस्कृतिक पर्व ग्याल्पो ल्होसार मार्फत एकरूपता पर्न ल्होसार कार्यक्रम शेर्पा सङ्घ दक्षिण कोरियाले हरेक वर्ष सलनालको बिदाको अवसरमा आयोजना गर्दै आइरहेको र त्यसलाई यो पटक पनि निरन्तरता दिएको छ ।”
ल्होसारको साँगीतिक कार्यक्रममा श्याब्रु नाच र शुभकामना आदानप्रदान र डिजे एपी तेन्जिङ शेर्पा लगायत अन्य स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने रहने कार्यक्रम दक्षिण कोरियाको राजधानी सौल स्थित जोङगाक स्टेसनको ७ नम्बर गेटबाट १५ मिटर अगाडि रहेको पानोरामा बुफेमा रहेको उनले जानकारी दिए ।