राष्ट्रिय सभाले शनिबार, राष्ट्रपति युन सुक येओललाई उनको मार्शल ल घोषणामा महाभियोग लगाउने प्रस्ताव पारित गरेको छ ।

सत्तारूढ पीपुल पावर पार्टीका केही सांसदहरूले उनको पदबाट हटाउनको समर्थनमा सामेल भएपछी युन विरुद्धको महाभियोग प्रस्तावलाई मतदानमा राखिएको थियो । कुल 300 मत खसेकोमा : 204 पक्षमा,  85 विपक्षमा, 3 अनुपस्थित, र 8 बदर भोटहरू खसेको छ । यो प्रस्तावको स्वीकृति यूनले अचानक मार्शल ल घोषणा गरेको ११ दिन पछि आएको हो ।

महाभियोग विधेयक पारित भएपछि, राष्ट्रपतिको रूपमा युनको कर्तव्य तुरुन्तै निलम्बन गरिएको छ, संवैधानिक अदालतले प्रस्तावलाई समर्थन गर्ने वा अस्वीकार गर्ने निर्णय गर्न बाँकी छ। यसैबीच, प्रधानमन्त्री हान डक-सूले कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्नेछन् ।

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय