सन् २०१९ को डिसेम्बर अन्तिमताका नेपालको उत्तरी छिमेकी देश चीनको दक्षिण-पूर्वी हुपेई प्रान्तको राजधानी शरह वुहानबाट फैलन सुरु भएको ‘नोभेल कोरोनाभाइरस (कोभिड-१९)’ले विश्वव्यापी रुपमा महामारीको रूप लिएपछि विश्व अर्थतन्त्र ‘डाँवाडोलको स्थिति’मा पुर्‍याएको अवस्था थियो । जुन कुरो तत्कालीन विश्वका सरकार प्रमुख, राज्य प्रमुखका साथै भाइरल रोग विज्ञहरूले पनि कोरोना महामारीका त्यो स्तरमा आर्थिक संकट आउने र विश्वभरि डाँवाडोलको स्थिति आउने अनि एक किसिमको सन्नाटा छाउने स्थिति आउँछ भन्ने सोचेका थिएनन् होला ? जे होस्, त्यो बेला कस्तोसम्म भयो भने, कोभिड-१९ फैलन सुरु भएपछि विश्वको समग्र अर्थतन्त्र र अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याँदै आएको पर्यटन उद्योग पनि कम्तीमा ८८-९० प्रतिशतदेखि ९४-९६ प्रतिशत डाउन भयो । अर्थात् विश्व अर्थतन्त्र चल्नै नसक्ने अवस्थामा पुगेको थियो ।

विश्वव्यापी महामारीको रूप लिएपछि तत्काल विश्वका विभिन्न देशका सरकार प्रमुखहरूले एक देशबाट अर्को देशमा जाने यात्रुहरूलाई (हवाईजहाज, रेल, बस, कार, जिप आदि यात्रामाथि) प्रतिबन्ध लागाउन थाले । जसले गर्दा एक देशबाट अर्को देशमा जान बन्द भयो । विश्वभरिका होटल, मोटेल, गेष्टहाउस, लज व्यवसायले नराम्रोसँग मार खानु पर्‍यो । हेर्दा हेर्दै विश्व एक किसिमले मसानघाटजस्तो बन्न पुग्यो ।

जे भए तापनि अब लागौं, नेपाली पर्यटनले मार्दै गएको छलाङ र १६ लाखको लक्ष्यबारे । कुरो गएको जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको दुवै सदनको बैठकमा आर्थिक वर्ष २०८१–०८२ का लागि वार्षिक बजेट प्रस्तुत गर्ने क्रममा चालु आर्थिक वर्ष (विसं २०८१–०८२ र सन् २०२५ को अप्रिलसम्म) मा नेपालमा १६ लाख विदेशी पर्यटक भित्र्याउने भनी बजेट घोषणामा उल्लेख गरेको लक्ष्यका बारेमा । के नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुन अनन्तले घोषणा गरेको जुन लक्ष्य छ, विसं २०८१–०८२ मा १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने कुरो, सो लक्ष्य पूरा होला त ? भन्ने सम्बन्धमा । किनभने अहिलेकै अवस्थामा विदेशी पर्यटकको नेपाल आगमन दरले १६ लाख पुग्न संभव नहोला कि ? किनभने १६ लाखको सो लक्ष्य पूरा गर्न पनि हरेक महिना लगभग एक लाख ३४ हजार विदेशी पर्यटकहरु नेपाल भ्रमण गर्न आउनुपर्ने हुन्छ ।

सन् २०२४ को चार महिनामा चार लाख १६ हजार चानचुन विदेशी पर्यटकहरु नेपाल भ्रमण गर्न आई सकेका छन् । तथ्यांक हेर्दाखेरि सो कुो प्रस्टैसँग देखिन्छ पनि । जस्तो कि सन् २०२४ को चार महिनामा जम्मा चार लाख १६ हजा ६९ (४,१६०६९) विदेशी पर्यटकहरु नेपाल भ्रमण गर्न आएका छन् । हरेक महिनाको तथ्यांक हेर्दाखेरि सन् २०२४ को पहिलो महिना अर्थात् जनवरी महिनामा ७९ हजार १०० जना, फेब्रुअरी महिनामा ९७ हजार ४२६ जना, मार्च महिनामा एक लाख २८ हजार १६७ जना एवम् अप्रिल महिनामा एक लाख ११ हजार ३७६ जना विदेशी पर्यटकहरुले नेपालको भ्रमण गरिसकेका छन् । माथिको तथ्यांंकलाई समग्रमा गणना गर्दा हरेक महिनामा एक लाख ४ हजारको हाराहारीमा रहेको देखिन्छ । यसरी हेर्दाखेरि चार महिनामै आशा गरेभन्दा पनि बढी गतिमा छलाङ मारेको देखिन्छ, नेपाली पर्यटनले । यही गतिमा नेपाली पर्यटनले छलाङ मारेदेखि सन् २०२४ मा १३ लाख २०–३० हजार बढीमा १४ लाख हाराहारी विदेशी पर्यटकहरु नेपाल भ्रमण गर्न आउने देखिन्छ । भलै नेपाल सरकारमा रहेका माननीय मन्त्रीहरु र कर्मचारीहरुले सन् २०२४ मा नेपालमा २० लाख विदेशी पर्यटक भित्र्याउने वास्तविक धरातलभन्दा बाहिरको भनाइ राख्नु अनौठो भएन ।

नेपालमा मात्रै नभएर विश्वका प्रायः सबै देशमा पर्यटकीय गतिविधि बढेको अवस्था छ, पर्यटकीय गतिविधि चलायमान रहेको छ भन्न सकिन्छ । नेपाल ‘मास टुरिस्ट’को प्रमुख गन्तव्यकै रूपमा विकसित हुँदै गएको देखिन्छ । खासमा नेपाल सरकारले अन्तर्राष्ट्रिय हवाई उडान थप्न सके साढे १७ लाखदेखि १८ लाखसम्म पुग्नसक्ने संभावना देखिन्छ । त्यो संभावना देखिँदैन ।

कोभिड-१९ ले जसरी विश्वव्यापी महामारीका रूपमा फैलन सुरु भयो, त्यसले विश्व पर्यटन क्षेत्रमा खर्बौ-खर्ब डलरको क्षति भयो । मूल्य तोक्न नसकिने मानव पुँजीको पनि ठूलो क्षति हुन पुग्यो । त्यतिले मात्रै नपुगेर त्यो बेला विश्वमै एक किसिमको मूर्दा शान्तिको स्थिति पैदा भयो ।

-निनाम लोवात्ती

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय