विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिला अरुणिमा सिंहाको बायोपिकमा बलिउड नायिका आलिया भट्टले अभिनय गर्ने भएकी छिन् ।

अरुणिमा सिंहाको बायोपिकका लागि आलिया तयार भएकी हुन् ।अरुणिमा सिंहाले आफ्नो विषयमा ‘बर्न एगेन टु दि माउन्टेन’ नामक किताब प्रकाशित गरेकी छिन । यस किताबमा अरुणिमाको जिबन संघर्षलाई उतारेकी छिन । यो किताब अहिले आलियाले पढिरहेकी पनि छिन् ।

चलचित्रले आलियाको करिअरलाई धेरै सहयोग गर्ने अनुमान सुरु भइसकेको छ । चलचित्रको लागि आलियाले पनि भरपूर मिहिनेत गर्नेछिन् । खबरका अनुसार निर्माण युनिट र आलिया बीच औपचारिक सम्झौता भने हुन बाँकी नै छ । तर, चलचित्रको विषयलाई लिएर आलिया सकरात्मक छिन् । चलचित्रको छायांकन २०२० मा गरिने बताइएको छ ।

श्रोत अनलाइन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय