काठामाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ । बुधबार राति शिक्षा मन्त्रालयमा भएको वार्तामा मन्त्रालयका अधिकारी र आन्दोलनरत शिक्षकबीच ३ बुँदे सहमति भएको हो ।

३ बुँदे सहमतिमा सामुदायिक विद्यालयमा कार्यरत राहत अनुदान कोटामा नियुक्त शिक्षक र बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई निश्चित मापदण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी आन्तरिक÷ खुल्ला प्रतियोगितात्मक परीक्षाबाट एकपटकका लागि स्थायीको प्रक्रियामा लैजाने उल्लेख छ । त्यस्ता शिक्षकलाई १ पटकका लागि उमेर हद नलाग्ने पनि सहमतिपत्रमा उल्लेख छ ।

मन्त्रालय र शिक्षकबीच आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारका लागि आवश्यक प्रबन्ध मिलाउने सहमति पनि भएको छ । आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दा केही शिक्षक घाइते भएका थिए ।त्यसमध्ये केही अहिले उपचाररत छन् ।

शिक्षकहरु स्थायीका लागि काठमाडौं पसेपछि देशभरको पठन पाठन प्रभावित भएको थियो । सरकार र आन्दोलतरत पक्षबीच भएको सहमतिको तेस्रो बुँदामा आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेर शिक्षकहरु पठनपाठमा फर्कने उल्लेख छ ।

श्रोत अनलाइन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय