–निनाम कुलुङ ‘मंगले’, हाललसालै पर्यटन विभागले प्रकाशित गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक २०२० किताब’मा उल्लेख भएअनुसार सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रति दिन बसाई अवधि १५ दशमलब एक दिन पुगेको छ भने, नेपाल भ्रमर्ण गर्न आएका विदेशी पर्यटकले गर्ने प्रति व्यक्ति, प्रति दिन खर्च पनि केही बढेर ६५ अमेरिकी डलर पुगेको छ । यसरी हेर्दा हामी नेपालीहरुले विश्वव्यापी रुपमा फैलिएर लगभग विश्वका प्रायः सबै देश र ती देशका आम सर्व जनहरुबीच गञ्जागोलको अवस्थमा रहेको कोरोना महामारी ठीक अवस्थामा फर्किएपछिको अवस्थमा पनि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या र गुणस्तरलाई कसरी हुन्छ ? सन्तुलन मिलाएर सँगसँगै लानुपर्ने दायित्वका साथै चुनौती पनि आई परेको छ । कम्तिमा अब हामीले २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रति दिन बसाई अवधि जुन १५. १ दिन छ, सो कायमै राख्नुका साथै नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको प्रति व्यक्ति, प्रति दिन खर्च गराई ६५ अमेरिकी डलर जुन छ सो दर÷रेटलाई तत्कालै अरु बढी बढाउन नसके तापनि सो दर÷रेटलाई कसरी हुन्छ, कायमै राख्ने प्रयासचाहिँ हामीले गर्नैपर्ने देखिन्छ । साथमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या पनि क्रमशः बढाउदै लैजाने दायित्व त छँदैछ ।
हुन त सन् २०२० मा नेपालमा नेपाल भ्रमण गर्न आएका पर्यटकको संऋयात्मक तथ्यांक हेर्दा सो वर्ष नेपालमा जम्मा २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेको भए तापनि सो वर्ष नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले गर्ने प्रति व्यक्ति दैनिक खर्च र उनीहरुको दैनिक बसाई अवधिचाहिँ बढेको भन्ने माथ नै उल्लेख भएको छ । जुन हामी नेपालीहरुका लागि धेरै राम्रो समाचार हो । त्यसो त नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको यो खर्च गराई जुन छ, सो तत्कालै बढाउने वा बढाउन नै नसके तापनि त्यसैलाई (६५ अमेरिकी डलरलाई) कायम राख्नका लागि हामीले जति सक्दो प्रयास भने गर्नैपर्ने देखिन्छ । हुन पनि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको बसाई अवधि र प्रति दिन प्रति व्यक्त खर्च गराईको तथ्यांक त्यति राम्रो रहेको छैन भन्न सकिन्छ । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको नेपाल बसाई अवधिको कुरो गर्दा यसअघि धेरै दिनमा १३ दशमलब ११ दिन, १३ दशमलब १२ दिन, १३ दशमलब १६ दिनको अवधि रहेको छ ।
खासमा नेपाल आउने विदेशी पर्यटकको तथ्य–तथ्यांक नै हेर्ने हो भने, सन् २००२ मा तत्कालीन श्री ५ को सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, योजना, नीति, पूर्वाधार र भौतिक विकास शाखाले प्रकाशित गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२००२’ नामको किताबमा उल्लेख भएअनुसार सन् १९६५÷०६६ सम्ममा नेपालमा जम्मा ९ हजार २११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको भनी तथ्यांकमा उल्लेख गरिएको छ । त्यसपछि सन् १९६९÷०७० को चार वर्षको अवधिमा चार डबलभन्दा बढी अर्थात् ३९ हजार ६६० जना विदेशीहरुले पर्यटक भएर नेपालको भ्रमण गरेको देखिन्छ । सोही किताबलाई आधार मानेर हेर्दा सन् १९७७÷०७८ देखि भने नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्याले वार्षिक एक लाख नाघ्न थालेको देखिन्छ । जस्तै सन् १९७० देखि १९७४ सम्मको ४ वर्षे अवधिमा ८९ हजार ८ सय ३८ जना, १९७४ देखि १९७८ को ४ वर्षे अवधिमा १ लाख ५६ हजार १ सय २३ जना, १९७८ देखि १९८२ सम्मको ४ वर्षे अवधिमा १ लाख ७५ हजार ४ सय ४८ जना, १९८२ देखि १९८६ सम्मको ४ वर्षे अवधिमा २ लाख २३ हजार ३ सय ३१ जना, १९८६ देखि १९९० सम्मको ४ वर्षे अवधिमा २ लाख ५४ हजार ८ सय ८५ जना विदेशीहरुले नेपालमा पर्यटकको रुपमा भ्रमण गरेको तथ्यांक देखिन्छ ।
स्मरणीय छ, सन् २०२० मा नेपाल सरकारले नेपाल घुम्न आएका विदेशी पर्यटकबाट समग्रमा २५ अर्ब नेपाली रुपैयाँ बराबर आमदानी गर्न सफल भएको छ । यो भनेको तुलनात्मक रुपमा हेर्दा सन् २०१९ को तुलनामा ८० प्रतिशतले बढी आमदानी भएको हो । भलै सो वर्ष नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यामा भने ठूलो गिरावट आएको थियो, सन् २९०२० मा । त्यसो त सन् २०१९ मा पनि सन् २०१८ को तुलनमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकबाट सरकारले ७३ प्रतिशत बढी आमदानी गरेको थियो, पर्यटनबाट । नेपालको मात्रै नभएर, विश्वकै पर्यटन उद्योग र पर्यटनसँग सम्बन्धित व्यवसाय धरमरमा रहेको अवस्था हो । यसको मुख्य कारण भने सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी सरह वुहानबाट पैmलन सुरु भएको ‘नोभेल कोरोनाभाइरस’ को महामारी नै हो । जसका कारण सन् २०२० मा नेपालमा मात्रै नभएर विश्वभरि नै पर्यटक भएर घुम्न निक्लने मानिसहरुको संख्या ८१ प्रतिशतले घटेको थियो, नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या केही बढी (लगभग ८२ प्रतिशत !) रहेको थियो । जबकि सन् २०२० मा नेपालले २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ वर्षको रुपमा मनाउने घोषणा गरेको थियो । त्यसरीे सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेइको राजधानी सहर वुहानबाट पैmलिन सुरु भएको महामारी ‘नोभेल कोरोनाभाइरस’ (पछि कोभिड–१९ नाम दिईएको) का कारण सन् २०२० मा मनाइने भनिएको र, लगभग सबै तयारी पूरा गरिएको ‘नेपाल भ्रमण वर्ष–२०२०’ का सबै कार्यक्रमहरु सरकारले स्थगित गर्यो । फलतः सो वर्ष २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । हाल चालू रहेको वर्ष (सन् २०२१) को ८ महिनामा लगभग ६६ हजार विदेशी पर्यटकले नेपालको भ्रमण गरी सकेका छन् ।
हुन त सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट पैmलन सुरु भएको ‘नोभेल कोरोनाभाइरस’ को महामारी कहिलेसम्मा पूर्ण रुपमा रोकिने होकसैले ठोकेर भन्न सक्ने अवस्था रहेन । तापिन कोरोना महामारीले अब छिट्टै नै विश्वबाट विश्राम लिएला ! भन्ने आशा गरौं, कि कसो हो, होइन त ? जसले गर्दा सन् २०२० मा नेपालमा मात्रै नभएर विश्वभरि नै पर्यटक भएर घुम्न निक्लने मानिसहरुको संख्या जुन ८१ प्रतिशतले घटेको थियो् । सो पूर्व तथ्यांक र, हाल चालू रहेको वर्षमा पनि ८८ देखि ९० प्रतिशतले विश्वमा पर्यटकको संख्या घट्ने अहिले नै आँकल गर्न सकिन्छ । तर, पनि हामीले के आशा गर्न सकिन्छ भने, सन् २०२२ लागेसँगै विश्वको पर्यटन क्षेत्रमा विस्तारै उछाल आउन सुरु हुनेछ । र, यो उछालले सन् २०२४, सन् २०२५ र सन् २०२६ मा पुग्दानपुग्दै चरम उत्कर्षमा पुग्ने अवस्था वा भनौं वातावरण निर्माण हुँदै जानेछ । अहिलेलाई हामी सबैले यही कामना गरौं ।