काठमाडौं/ नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक पार्टी कार्यलयमा हुन लागेको बताइएको छ । बैठकमा पार्टी एकताको विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ । पार्टी एकता लम्बिँदै गर्दा एकताको विषयमा छलफल आवश्यक रहेको र आज ११ बजेबाट पार्टी कार्यलय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

त्यस्तै, नेकपा एमालेले पनि स्थायी कमिटी बैठक आह्वान गरेको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली आज झापाबाट फर्कनेबित्तिकै पार्टीको स्थायी कमिटी बैठक बस्ने जानकारी एमाले सचिवालयले दिएको छ । तर बैठकको समय भने तय नभइसकेको एमाले स्रोतले बताएको छ ।

वैशाख ९ मा गर्ने भनिएको एकता हुन नसकेपछि अहिलेसम्म दुवै दलका नेताहरु सहमतिका लागि छलफलमा रहेका छन् । विवादित विषयमा नै छलफल गर्न दुवै दलको बैठक बस्न लागेको हो । पछिल्लो समय माओवादीले बराबरीको आधारमा पार्टी एकता हुनुपर्ने बताइरहेको छ भने एमालेले भने त्यसमा सहमति जनाएको छैन ।

Source:farakdar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय