गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति जापानको अधिबेशनको चहलपहल सुरु भएको छ । अब आउने नेतृत्वमा वर्तमान अध्यक्ष टासी वाङ्दी लामाले पुन अर्को कार्यकाल दोह्रोराउने बताएका छन्।

एक कार्यकाल निकै सफलता पुर्वक काम गरी जापानमा रहेका नेपालीको मन जित्न सफल भएको कारण आगामी कार्यकालको मुख्य दाबेदारी समेत प्रस्तुत गरेपछि उनको बिरुद्धमा उठन प्रतिस्पर्धी समेत डराएका छन्।

टासीले एक कार्यकाल काम गर्दा जुन इमान्दारीता लगनशीलता र हिम्मत देखाए त्यसले उनले पुरै नेपाली जापनाबासीको मन जिते उनले थालेका जुन उदाहरणीय काम छन् त्यसलाई पुरा गर्न उनीनै आउनुपर्छ भन्ने हाम्रो पनि माग थियो तर उनी आउने खबरले हामी हर्षित छौ एनआरएन एनसीसी जापानका एक नेताले भने अहिले त उनको प्रतिस्पर्स्धी नै छैन।

एनआरएनको युवा संयोजक र उपाध्यक्ष हुदै अध्यक्ष बनेका टासीका हरेक कार्यकाल निकै सफल र लोकप्रिय मानिन्छन।
जापानमा रहेका नेपालीको लागि उनी एक उदाहरणिय पात्रको रुपमा प्रस्तुत हुने गरेको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति जापानको अधिबेशन ६ सेक्टेम्बर र ८ तारीखका दिन चुनाव हुदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय