
शेर्पा संघ दक्षिण काेरियाद्वारा यहीँ फेब्रुअरी १०मा दक्षिण काेरियाको राजधानी सोलमा ग्याल्पो ल्होसार साँझ कार्यक्रम २०२४ आयोजना गर्ने भएको छ ।
दक्षिण कोरियामा नेपालीहरूको धेरै भिडभाड हुने दोङ्गदेमुन नजिकै (गत वर्ष भएकै ठाउँ)छुङराे सामगा स्थित एक हलमा फेब्रुअरी १० २०२४ को बेलुका कार्यक्रम हुने संस्थाको अध्यक्ष दोर्ची शेर्पाले हिमाली सन्देशलाई जानकारी दिए ।
साथै शेर्पाले दक्षिण काेरिया बासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गरिमामय उपस्थितिका अनुरोध पनि गर्नुभएको छ।