हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले महायानी बौद्ध धर्मावलम्बीहरूको महान चाड, राष्ट्रिय पर्व सिङ्फो डुग लो २१५१ औं राष्ट्रिय ग्याल्पो लोसारको अवसरमा आयोजित कार्यक्रममा ८ वर्ष देखि १२ वर्ष उमेरको बालकहरूले सिली नाच द्वारा प्रमुख अतिथिलाई स्वागत गर्दै शेर्पा संस्कृति संरक्षण शेर्पा बालबालिकाहरूको आकर्षण रहेको सन्देश दिएको छ।
शेर्पा संस्कृति संरक्षण र पुस्ता हस्तान्तरणमा बालबालिकाको आकर्षण हुनु एकदम महत्वपूर्ण रहेकोले पनि बालबालिकाको सिली नाच हेरेर ड्यासमा आसीन सम्पूर्ण अतिथि लगायत उपस्थितबाट बालबालिकाको सिली नाचको प्रशंसा गरिरहेको थियो।
उर्गेन शेर्पा, फुर्बा छिरिङ्ग शेर्पा, सोनाम लाक्पा शेर्पा, तेन्जिंग शेर्पा, टाशी छिरिङ्ग शेर्पा लगायतको ८ वर्ष देखि १२ वर्ष उमेरको बालकहरू केहि समय पहिले देखि सोलुखुम्बु गोरखानी Indigenous Community का सञ्चालक १५ वर्षकी मिङ्मा सोनाम शेर्पाले सिली नाच प्रशिक्षणको व्यबस्था मिलाएको थियो भने नेपाल शेर्पा बिद्यार्थी संघको केन्द्रिय सदस्य टाशी छेवङ शेर्पाले प्रशिक्षण दिएको थियो। त्यस यता सिली बल कलाकारहरूले loyalty Academy को कार्यक्रम , नेपाल शेर्पा विद्यार्थी संघ SEE felicitation कार्यक्रम लगायतमा समेत आफ्नो प्रस्तुति दिएका थिए ।
विकसित देश हरुमा दिन प्रतिदिन बसाइ सर्दै जाने क्रम बढ्नु , नेपाल सरकारको शिक्षा नीति, पश्चिम संस्कृतिको नाकल गर्नु जस्ता कारण शेर्पा बालबालिकाहरूमा शेर्पा संस्कृतिको ज्ञानको विकास नभइ रहेको अवस्थामा शेर्पा बल कलाकारहरुको प्रस्तुति शेर्पा संस्कृति संरक्षणमा अत्यदिक महत्वपूर्ण साबित हुन सकिन्छ।