काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले माउन्टेन ट्रेनिङका विभिन्न कोर्षहरु सञ्चालन गरेको छ । पर्वतीय पर्यटन प्रबद्र्धन र यसको दीर्घकालिन विकासका लागि दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राखि माउन्टेन ट्रेनिङका विभिन्न कोर्षहरु संञ्चालन गरिएको एनएमएका अध्यक्ष शन्तबीर लामाले बताउनुभयो ।
एनएमएको विभिन्न कोर्षमध्ये एडभान्स माउन्टेनियर कोर्षका लागि ४१ जनाको टिम शनिबार लाङटाङतर्फ प्रस्थान गरेका छन् । तालिम संयोजक तुल्सी गुरुङको संयोजकत्वमा उक्त टोली टाङटाङ प्रस्थान गरेको हो ।

२६ औं एड्भान्स माउन्टेनियर ट्रेनिङ २० जनावरी २०१८ देखि सुरु भई यहि १० फेबु्रअरीसम्म सञ्चालन हुने संयोजक तुल्सी गुरुङले जानकारी दिनुभयो । उक्त ट्रेनिङमा सन् २०१६ सम्म आधारभूत तालिम प्राप्त गरेका प्रशिक्षार्थीहरुलाई दश जना प्रशिक्षकहरुबाट तालिम दिइने संघले जनाएको छ ।

एनएमएले एडभान्स माउन्टेनियर ट्रेनिङ, माउन्टेन लिडर कोर्ष र हाई माउन्टेन रेस्क्यु ट्रेनिङ (एचएमआरटी) सञ्चालन गरेको छ । एनएमएका महासचिव कुलबहादुर गुरुङले अहिलेसम्म संस्थाले आयोजना गरेका तालिमहरुको डकुमेन्टेसन गर्दै प्रशिक्षक र विद्यार्थीहरुको डाटा संस्थाको वेबसाइट तथा विभिन्न माध्याममार्फत प्रकाशन प्रसारण गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय