पोखरा । कास्कीमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । ११ जना घाइते भएका छन् ।
पोखरा-१८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा पुरिदा थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर ज्यान गएको छ ।
पोखरा-२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनका आमा हिमकला अधिकारीको ज्यान गएको छ ।
श्रोत: अनलाइनखबर