शेर्पा ल्होसार (नयाँ बर्ष) को अवसरमा क्यालीफोर्निया शेर्पा किदुृगले लोसर् कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम सन् फ्रन्किस्को शहरबाट करिब एक घण्टाको गाडी यात्रामा पुगिने सोनोम वेतेरन्स् मेमोरी अल (sonoma veterans memorial Hall )सम्पन्न गरिएको हो
२१४५ औं खिल्हो ग्याल्बो ल्होसारको अवसरमा यसपालीको लोसर् कार्यक्रम गरिएको आयोजकले जनाएको छ । तिब्बती अनुसार बिभिन्न १२ थरीका जनावरलाई बर्षको रुपमा मान्ने परम्परागत प्रचलन नेपालका हिमाली भेगमा बसोबास गर्ने शेर्पा, तामाङ, गुरुङ, ह्योल्मो लगायतका समुदायले प्रयोग गर्ने गर्दछन् ।
कलिफोर्नि आसपासका शहर् बाट उपस्थित सहभागीहरुले इष्टमित्रहरुसग भेटघाट गर्नको साथै नाचगान गरेर रमाए । ल्होसार आगमानसँगै लामो समयदेखि भेटन नभएका आफन्त र साथीहरु वीच भेटन पाउदा सहभागीहरु खुसी मानेका थिए । कार्यक्रममा बिहान देखी बेलुक साम गरिरहेको थिए भने मुल गेटमा कन्याहरु हातमा छिमार र सगुनले अतिथिहरुको स्वागत गदै थिए
कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई जलपान (छङ ) र विशेष परिकार खाप्से र नेपाली भोजन र नास्ताले स्वगात गर्दै शेर्प जातिको परम्परागत सेब्रु प्रस्तुत गरिएको थियो भने समाजका लामाले पूजा पाठ अनी धार्मिक परम्परा अनुसार पुजा गरीको थिए ।

कयालीफोर्निया शेर्प किदुगका पूर्व अध्यक्ष आङ छिरिङ्ग शेर्पा को अनुसार शेर्पा भाषा, भेषभुषा, कला, साँस्कृतिक र पहिचानको जगेर्ना गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको क्यालीफोर्निया शेर्पा किदुक् स्थापना देखी नै ल्होसार लाई निरन्तरता दिंदै अाएको छ ।
कार्यक्रममा शेर्पाहरुको बकलो उपस्थिती थिए । क्यालीफोर्निया न्यूयोर्क् पाछी कै शेर्पा को बस्ती रुपम चिनिन्छन लोसोर पर्वमा नेपाल सरकारले सर्वाजनिक विदा दिने घोषणा गरेपछि शेर्पाहरुको यस पर्वप्रति सबैको विषेश चासो बढ्न थालेकाे छ ।क्यालीफोर्निया शेर्प किदुगले प्रत्येक बर्षको लोसर् कार्यक्रम गर्दै आएको छ्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय