खुम्बु पासाङल्हमु गाउपालिका वडा नं १ खरिखोलामा नेपाल ईन्भेस्टमेन्ट बैंकको शाखा खोलिएको छ ।
नेपाल ईन्भेस्टमेन्ट बैंक लुक्लाका म्यानेजर गणेश लामाको सभापतित्व र खुम्बु पासाङल्हामु गाउपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाको प्रमुख आतिथ्यमा बैंकको उत्घाटन गरिएको थियो । पासाङल्हमु गाउपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले बैंकको उद्घाटनले गाउबासीमा वचत गर्ने बानीको बिकास हुने र बैक निरन्तर रुपमा सन्चालन हुने बताउनु भयो ।
बैंकबाट खुम्बु पासाङल्हमु गाउपालिका वडा नं १ माप्य दुधकोशी गाउपालिका वडा नं १ र सोलु दुधकुण्ड नगरपालिका वडा नं १ का बासिन्दाहरूलाई बैंकिङ कारोबार गर्न सहज हुने भएको छ ।
कार्यक्रममा माप्य दुधकोशी गाउपालिकाका कार्यपालिका सदस्य साङ्गे शेर्पा खुम्बु पासाङल्हामु गाउपालिका वडा नं १ का महिला सदस्य याङडी शेर्पा समाजसेवी एवं स्थानिय निर्माण ब्यबसायि निमा तेण्डी शेर्पा लगायत स्थानियको सहभागीतामा बैक शाखाको उत्घाटन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय