काठमाडौं, चैत्र १७ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले माननीय वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यमा सरसफाई तथा जनचेतना अभियान कार्यक्रमको सम्पन्न गरेको छ । पर्यतकिय क्षेत्र ठमेलबाट अभियान सुरु गरेको हो ।

नेपालको पर्यटन विकाश र प्रबद्र्धन गर्ने हो भने वातावरण जोगाउनुपर्ने र सरसफाई गर्नुपर्ने भएको कारणले गर्दा सरसफाई तथा जनचेतना अभियान आजबाट टानले सुरुवात गरेको टानका अध्यक्ष नवराज दहालज्यूले बताउनुभयो । काठमाण्डौ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्र ठमेल क्षेत्रबाट सरसफाई तथा जनचेतनामुलक अभियानको सुभारम्भ गरेको दाहालले जानकारी दिनुभयो । ठमेल मात्रै नभई टानले यस अभियानलाई निरन्तरता दिदंै काठमाण्डौ उपत्यकाका विभिन्न पर्यटकीय स्थलहरु लगायत धौलागीरी क्षेत्रको पनि सरसफाई तथा जनचेतना कार्यक्रमहरु सम्पन्न गर्ने योजना रहेको अध्यक्ष दहालले जानकारी दिनुभयो ।

नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) का कार्यकारी निर्देशक दुर्गा दत्त्ता ढलाकज्यूले यस कार्यक्रमले नियमित सफाई भन्दा पनि नेपालको पर्यटन विकाशको लागि सरसफाई अत्यन्त महक्तवपूर्ण आवश्यकता हो भन्ने सन्देश दिनखोजेको कुरा बताउनुभयो ।

सरसफाई तथा जनचेतना अभियानले बाटो, चोक र गल्लिमात्रै सफा नगरी यसले समग्र मूलुकको बिसङ्गतिहरुलाई हटाउँदै अगाडि बढ्न पनि सबैलाई प्रेरित गर्ने कुरा माननीय वन तथा वातावरण मन्त्री श्री शक्तिबहादुर बस्नेतज्यूले बताउनुभयो । उहाँले यस अभियानको सफलताको शुभकामना दिदैं सरकार र मन्त्रालयको तर्फबाट पर्यटन विकाश र प्रबद्र्धन गर्न सधैं सँगै रहने कुराको पनि विश्वास गराउनुभयो ।

टानका सबै कार्यसमिति सदस्य तथा यस अभियानका संयोजक पि.के. शेर्पाले सबै उपस्थित संघ–संस्थाका प्रतिनिधिहरु र उपस्थित सबैलाई ठमेल क्षेत्रको सरसफाई तथा जनचेतना अभियान सफल बनाइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
टानका महासचिव आङ पेम्बा शेर्पाले ठमेल एक मुख्य पर्यटकीय क्षेत्र रहेको कारण यहाँ ट्रेकिङ, ट्राभल, होटेल, रेष्टुरेन्ट व्यवसायहरु प्रसस्त भएको र बढेका विकृतीहरुलाई हटाउन हामी सबै मिलेर सरसफाई तथा जनचेतना अभियान अगाडि बढाउनुपर्ने बताउनुभयो ।
अभियानमा विभिन्न पर्यटन संस्थाका प्रतिनिधिहरु, टानका सदस्यहरु लगायत नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) बाट आएका ट्रेकिङ गाइडका टे«निङ लिइराखेकाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय