ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले वार्षिक वार्षिक साधारण सभामा वितरणगर्ने पुरस्कारहरुको छनौटको लागी बरिष्ठ पर्यटन व्यवसायी बोधराज भण्डारीको संयोजकत्वमा पुरुषकार छनौट समिति गठन गरेको छ ।
टानको ४१ औं बार्षिक साधारणसभा यहि २०७६ साल भाद्र २० गते हुनेछ । टान नेपालको पर्यटन क्षेत्रको सबै भन्दा ठुलो संस्था हो । समितिका सदस्यहरुमा सदस्यहरुमा पर्यटन व्यवसायीहरु डम्बर पराजुली, पूर्ण चन्द्र भुसाल, ङावा ङिमा शेर्पा र शीतल चन्द्र धरेल रहेका छन । साथै यस वर्षबाट सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननिय स्व.रविन्द्र अधिकारीको नाममा रविन्द्र अधिकारी पर्यटन पुरस्कार स्थापन गरि वितरण गर्ने निर्णय गरियो ।
मन्त्री अधिकारीको २०७५ साल फाल्गुण १५ गते ताप्लेजुङमा भएको हेलि दुर्घटनामा दुखद् निधन भएको थियो ।
टानले वितरण गर्ने पुरस्कारहरु निम्नानुसार छन् —
१) टान पत्रकारिता पुरस्कार २५÷२५ हजारको २ जना
२) टान डा. हर्क गुरुङ पुरस्कार ५०,०००।—
३) टान पासाङ ल्हामु पुुरस्कार ५०,०००।—
४) टान पेम्बा डोमा पुरस्कार १५,०००।—
५) नया“ थप टान रविन्द्र अधिकारी पुरस्कार ६०,०००।—