प्रदेश न १ का मुख्यमन्त्री सेर धन राइको प्रमुख आतिथ्यमा ताप्लेजुङ समाज नेपाल र घुन्सा फाउन्डेसनको संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । चैत ३० गते काठमाडौंको धुम्बाराहीस्थित एसआर पार्टी प्यालेसमा करिब ३ सय जनाले एकसाथ रक्तदान गर्ने तयारी भएको घुन्सा फाउन्डेसनकी अध्यक्ष याङजोम शेर्पाले जानकारी दिइन्। संकलित रगत बालकोट, टिचिङलगायत ब्लड बैंकलाई डोनेसन गरिने उनले बताइन् ।

कार्यक्रममा संस्थाको सदस्यता वितरण, क्यालेन्डर वितरण पनि हुनेछ। विशिष्ठ संरक्षक, संरक्षक, आजीवन, सदस्य, साधारण सदस्य गरेर पहिलो चरणमा एक हजारको हाराहारीमा सदस्यता वितरण गर्ने र नयाँ बर्षको शुभकामना आदान प्रदान गरिने अध्यक्ष शेर्पाले जानकारी दिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय