दक्षिण कोरियामा गत बुधबार चितवनका धनसिं तामाङको मृत्यू भएको एक हप्ता
नहुदै काभ्रे बुडाखानी घर भएका सुजन थापाको शनिवार विहान मृत्यू भएको छ ।
चार बर्ष पहिले इपिएस मार्फत कोरिया आएका थापाको कम्पनीको बस्ने ठाउँमा
सुतेकै अबस्थामा ज्यान गएको हो ।
बिहान कम्पनी जाने बेलासम्म नउठेपछि के भएको हो भनि हेर्न जादा सुतेकै अवस्थामा मृत फेला परेको उनका सहकर्मीको भनाई छ ।
प्रहरीले पोस्टमार्टम र नेपाल लैजाने प्रक्रिया सोमबार मात्रै हुने जानकारी
गराएको काभ्रे सम्पर्क समितिका अध्यक्ष सिताराम तिमल्सिनाले बताए । ‘आज
पुलिस आएर घटना स्थलको चेकजाँच गरेर लास लिएर गएछ । नेपाली राजदुताबासमा
पनि खबर गरेको छ । बाँकी प्रक्रिया सोमबार मात्रै हुने भएको छ ।’ उनले भने ।
‘हामी बिहान घटनास्थल पुगेका थियौ । कम्पनीको साथीसँग कुरा गर्दा बिहान
तीन चार बजे तिर ट्वाइलेट गएको भन्ने बुझ्यौ । त्यस पछि तीन घन्टा पछि
उठाउँदा मान्छे जिउँदो थिएन । यो ज्यादै दुखद घटना हो । बस्ने ठाउँ पनि
त्यति राम्रो रहेनछ । कन्टेनरमा हावा आउने जाने ठाउँ नै नराखी बन्द गरेको
रहेछ । के कारणले यस्तो भयो । पोष्टमार्टमको रिपोर्ट पछि नै थाहा होला ।’
उनले थपे ।
मृतकको श्रीमती र एक छाेरी छन भने एउटा भाइ तीन महिना अघि मात्र कोरियामा
आएका छन् । दक्षिण कोरियामा एक सातामा नहुदै थापा सहित तीन जना नेपालीको
मृत्यु भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026 Himali sandesh